सहुलियतपूर्ण कर्जामा ३४ अर्ब ४१ करोड ऋण स्वीकृत

<p>काठमाडौं । चालु आर्थिक वर्षको यो अवधिसम्म सहुलियतपूर्ण कर्जामा ३४ अर्ब ४१ करोड ऋण स्वीकृत गरिएको छ । सहुलियतपूर्ण कर्जा दिन स्वीकृत गर्नेमा वाणिज्य बैंक अग्रणी स्थानमा रहेको छ । वाणिज्य बैंकहरूले ३२ अर्ब २३ करोड सहुलियत कर्जा प्रवाह गर्न स्वीकृत गरेका छन् भने विकास बैंकले दुई अर्ब आठ करोड दिन प्रदान गर्ने भएको छ [&hellip;]</p>

काठमाडौं । चालु आर्थिक वर्षको यो अवधिसम्म सहुलियतपूर्ण कर्जामा ३४ अर्ब ४१ करोड ऋण स्वीकृत गरिएको छ ।

सहुलियतपूर्ण कर्जा दिन स्वीकृत गर्नेमा वाणिज्य बैंक अग्रणी स्थानमा रहेको छ । वाणिज्य बैंकहरूले ३२ अर्ब २३ करोड सहुलियत कर्जा प्रवाह गर्न स्वीकृत गरेका छन् भने विकास बैंकले दुई अर्ब आठ करोड दिन प्रदान गर्ने भएको छ । सरकारले सो कर्जाको लागि एक अर्ब १५ करोड ७४ लाख ब्याज अनुदान प्रदान गरेको छ ।

फाइनान्स कम्पनीले नौ करोड ३२ लाख ९० हजार कर्जा प्रवाह गर्न स्वीकृत गरेका छन् । सरकारले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धि एकीकृत कार्यविधि, २०७५ आए यता ७ सय ४९ जनाले अनुदान कर्जा लिएका छन् । राष्ट्र बैंकको तथ्यांक अनुसार व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा ३३ अर्ब ९४ करोड कर्जा स्वीकृत भएको छ । १५ हजार ४१२ जना कृषि उद्यमीले कर्जा लिन स्वीकृत गराएका हुन् ।

त्यसैगरी शिक्षित युवा स्वरोजगार कर्जा ९३ करोड ३५ लाख स्वीकृत भएको छ । १६ जनाले कर्जा स्वीकृत गराएका हुन् । त्यसैगरी विदेशबाट फर्केका युवा परियोजना कर्जा २ करोड ३१ लाख ५० स्वीकृत भएको छ, ३२ जना युवाले कर्जा स्वीकृत गराएका हुन् ।

यता, महिला उद्यमशीलता कर्जा ३७ करोड २३ लाख ३५ हजार स्वीकृत भएको छ । ५३५ जना महिला उद्यमीले सो कर्जा स्वीकृत गराएका हुन् । दलित समुदाय व्यवसाय कर्जा २ करोड ७२ लाख २० स्वीकृत भएको छ । ५० जनाले यो कर्जा स्वीकृत गराएका हुन् ।

यसैगरी उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा ५७ जनाले १ करोड ५८ लाख ६६ हजार र भूकम्प पीडिहरुको निजी आवास निर्माण कर्जातर्फ ७६ जनाले २ करोड १८ लाख ७० हजार रुपैयाँ कर्जा स्वीकृत भएको छ ।

Share News