राष्ट्र बैंक सुपरीवेक्षण विभागको निष्कर्ष, ‘नेपालमा १५ ओटा भन्दा बढी बैंक चाहिँदैन’

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालमा १५ ओटा भन्दा बढी वाणिज्य बैंक आवश्यक नभएको निष्कर्ष निकालेको छ । बैंकको सुपरीवेक्षण विभागले गरेको अनुसन्धानले नेपाली अर्थतन्त्रले १५ ओटा भन्दा बढी बैंक धान्नै नसक्ने देखाएको राष्ट्र बैंकले जनाएको हो । बिहीबार राजधानीको एक होटलमा वाणिज्य बैंकका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतहरुसँगको छलफलमा यस्तो रिपोर्ट सार्वजनिक गरेको हो [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालमा १५ ओटा भन्दा बढी वाणिज्य बैंक आवश्यक नभएको निष्कर्ष निकालेको छ । बैंकको सुपरीवेक्षण विभागले गरेको अनुसन्धानले नेपाली अर्थतन्त्रले १५ ओटा भन्दा बढी बैंक धान्नै नसक्ने देखाएको राष्ट्र बैंकले जनाएको हो ।

बिहीबार राजधानीको एक होटलमा वाणिज्य बैंकका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतहरुसँगको छलफलमा यस्तो रिपोर्ट सार्वजनिक गरेको हो ।

सो रिपोर्टको आधारमै राष्ट्र बैंकले मौद्रिक नीतिमा आवश्यक व्यवस्था गर्ने भन्दै त्यसका लागि फोर्स मर्जरमा जाने संकेत राष्ट्र बैंकले गरेको छ । यदि त्यसो नगर्ने भए अबको १५ दिनभित्र आआफ्नो पार्टनर आफैं खोज्न बैंकहरुलाई राष्ट्र बैंकले अल्टिमेटम समेत दिएको छ ।

Share News