स्ट्यान्डर्ड चार्टर्डको नाफा १७३ करोड, कस्ट अफ फण्डमा उच्च वृद्धि

<p>काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडको ९ महिनाको नाफा १७३ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्षको १ अर्ब ५५ करोडको नाफालाई करिब १८ करोडले बढाएर उक्त आकारमा पुर्याएको हो । ८ अर्ब १ करोड रुपैंया चुक्ता पुँजी भई ७० अर्ब ८१ करोड रुपैंया निक्षेप तथा ५३ अर्ब ४६ करोड रुपैंया कर्जा प्रवाह गरेको बैंकले [&hellip;]</p>

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडको ९ महिनाको नाफा १७३ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्षको १ अर्ब ५५ करोडको नाफालाई करिब १८ करोडले बढाएर उक्त आकारमा पुर्याएको हो ।

८ अर्ब १ करोड रुपैंया चुक्ता पुँजी भई ७० अर्ब ८१ करोड रुपैंया निक्षेप तथा ५३ अर्ब ४६ करोड रुपैंया कर्जा प्रवाह गरेको बैंकले उक्त अवधिमा रिजर्भको आकार करिब ७६ करोड रुपैंयाले बढाएर ४ अर्ब ५१ करोड रुपैंया पुगेको छ ।

बैंकको खुद ब्याज आम्दानी २ अर्ब ३९ करोडबाट २ अर्ब ५५ करोड पुग्दा गैरब्याज आम्दानी ४४ करोडबाट ५३ करोड पुगेको छ ।

बैंकको कस्ट अफ फण्ड अघिल्लो वर्षभन्दा १.६१ प्रतिशतले बढेर ५.४१ प्रतिशत पुगेको छ भने आधार ब्याजदर ७.२० बाट ७.७४ प्रतिशत पुगेको छ ।

Share News