आशा लघुवित्तको नाफा शतप्रतिशतले बढ्यो, ९ महिनाको कमाई साढे एक करोड

<p>काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो ९ महिनामा १ करोड ४५ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब शतप्रतिशत अर्थात ९९.९६ प्रतिशतले बढी हो । गत वर्षको प्रथम ९ महिनामा संस्थाको खुद नाफा ४ हजार ४५० रुपैयाँ रहेको थियो । लघुवित्तको सञ्चालन नाफा [&hellip;]</p>

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो ९ महिनामा १ करोड ४५ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब शतप्रतिशत अर्थात ९९.९६ प्रतिशतले बढी हो । गत वर्षको प्रथम ९ महिनामा संस्थाको खुद नाफा ४ हजार ४५० रुपैयाँ रहेको थियो ।

लघुवित्तको सञ्चालन नाफा १ करोड ६६ लाख रुपैयाँ रहेको छ जुन पुसमसान्तको तुलनामा ६० करोड रुपैयाँ बढी हो । संस्थाले राईट व्याकबाट ६२ लाख रुपैयाँ प्राप्त छ । कर र बोनसअघि संस्थाको नाफा २ करोड २८ लाख रुपैयाँ छ । संस्थाले स्टाफ बोनस २० लाख र कर ६२ लाख छुट्टाएको छ ।

संस्थाले चैत मसान्तसम्ममा ४० करोड निक्षेप परिचालन गरेको छ । यो रकम एक वर्षअघिको तुलनामा २० करोड रुपैयाँ बढी हो । एक अर्ब ५८ करोड रुपैयाँ कर्जा सापटी दिएको यस संस्थाले हालसम्म लगानी नगरेको संस्थाले प्रकाशित गरेको वित्तीय विवरणमा उल्लेख छ ।

लघुवित्तको क्यापिटल फण्ड १३.४६ प्रतिशत र सीडी रेसियो २६०.६४ प्रतिशत छ । हाल संस्थाको संचित कोषमा १ करोड ४३ लाख रुपैयाँ रहेको बैंकले जनाएको छ । प्रतिसेयर आम्दानी वार्षिकीकरण गर्दा ९.३६ रुपैयाँ छ । हाल संस्थाको सेयर प्रतिकित्ता ४६१ रुपैयाँमा कारोबार भईरहेको छ ।

Share News