विकास निर्माणका कामलाई प्रभावकारी बनाउन भूमिका खेल्छुः सभापति खड्का

<p>काठमाडौं । संसदको विकास समितिकी नवनिर्वाचित सभापति कल्याणी खड्काले विकास निर्माणका कामहरुलाई प्रभावकारी बनाउन भूमिका खेल्ने बताएकी छिन् । सपथ ग्रहणपछि पदभार ग्रहण गर्दै सभापति खड्काले विकास निर्माणमा देखिएका अन्यौल हटाउने, गुणस्तर कायम गराउने तथा समयमै कार्य सम्पन्न गराउन समितिको भूमिकालाई प्रभावकारी बनाउने बताएकी हुन् । विकास निर्माणमा देखिएका अवरोध हटाउने, नीतिगत सुधारको काम गर्ने, [&hellip;]</p>

काठमाडौं । संसदको विकास समितिकी नवनिर्वाचित सभापति कल्याणी खड्काले विकास निर्माणका कामहरुलाई प्रभावकारी बनाउन भूमिका खेल्ने बताएकी छिन् ।

सपथ ग्रहणपछि पदभार ग्रहण गर्दै सभापति खड्काले विकास निर्माणमा देखिएका अन्यौल हटाउने, गुणस्तर कायम गराउने तथा समयमै कार्य सम्पन्न गराउन समितिको भूमिकालाई प्रभावकारी बनाउने बताएकी हुन् ।

विकास निर्माणमा देखिएका अवरोध हटाउने, नीतिगत सुधारको काम गर्ने, विकासमा देखिएको अन्तर सरकारी समन्वय अभावलाई हटाउने लगायतका काममा समितिलाई केन्द्रित गराउने पनि बताइन् ।

समितिको बैठक असोज १० गतेका लागि डाकिएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणसँग पुननिर्माणको प्रगति तथा देखिएका समस्याहरुका बारेमा छलफल हुनेछ ।

Share News