हरेक क्षेत्रमा अगुवाई गर्दै शिखर इन्स्योरेन्स, हजार रोगको उपचारसहित स्वास्थ्य बीमामा फोकस

  २०७५ असार १८ गते ११:५४     विकासन्युज

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी निर्जीवन तर्फको अगुवा कम्पनी हो । हाल १८ वटा निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् । त्यसमध्ये १५ औं कम्पनीको रुपमा १४ वर्षअघि स्थापना भएको यो कम्पनी धेरै कोण र आधारबाट सबैभन्दा राम्रो बीमा कम्पनी भएको छ ।

एक अर्ब ५ करोड चुक्ता पुँजी भएको यो कम्पनी पुँजीको आधारमा पनि सबैभन्दा ठूलो निर्जीवन बीमा कम्पनी हो । यस कम्पनीले चालु आर्थिक वर्षमा २ अर्ब ७७ करोड रुपैयाँ प्रिमियम आम्दानी गरेको छ । जुन निर्जीवन तर्फको कुल बजारको करिव १७ प्रतिशत हिस्सा हो । अरु कुनै पनि कम्पनीले कुल बजारको १० प्रतिशतभन्दा बढी हिस्सा लिन सकेका छैनन् ।

त्यस्तै यस कम्पनीले बीमा पोलिसी संख्या २ लाख ६५ हजार भन्दा बढी बिक्री गरेको छ जुन कुल बजारको १९ प्रतिशत भएको कम्पनीले जनाएको छ । कम्पनीको शाखा हाल ७५ वटा छन् । निकट भविष्यमा शाखा संख्यालाई १०० भन्दा बढी बनाउने कम्पनीको योजना छ । शाखा सञ्जालको आधारमा पनि शिखर इन्स्योरेन्स कम्पनी नम्बर वान छ ।

लगानीकर्तालाई दिने लाभांशको आधारमा पनि शिखर इन्स्योरेन्स कम्पनी अरु भन्दा अगाडि छ । पछिल्लो छ वर्षमा कम्पनीले सेयरधनीलाई वार्षिक कम्तिमा २० र बढीमा ६० प्रतिशतसम्म बोनस दिएको छ । सञ्चालनमा आएको १३ वर्षमा लगानीकर्तालाई नगद र बोनस सेयर गरी २३६ प्रतिशत लाभांश वितरण गर्न सफल भएको छ ।

कम्पनीको नेटवर्थ १ अर्ब ७७ करोड रुपैयाँ छ । चैत मसान्तसम्ममा कम्पनीले ३३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

जनशक्ति विकास, प्रोफेशनालिजम्को विकास र जनचेतना वृद्धि जस्ता कार्यमा पनि शिखर इन्स्योरेन्स कम्पनी सबैभन्दा अगाडि रहेको बताउँछन् यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डे । कम्पनी सेवाग्राहीप्रति पनि उच्च सर्तक र प्रतिवद्ध छ । ‘हामीले एक आर्थिक वर्षभित्रमा १ अर्ब ३ करोड रुपैयाँसम्म बीमितको दावी भुक्तानी गरेका छौं । बीमा विश्वासमा चल्ने संस्था भएको, समस्या पर्दा बीमा कम्पनीले सहयोग गर्छ भन्ने विश्वासका आधारमा बीमा गरिने भएकोले बीमितको दावी भुक्तानी समयमा नै गर्दै आएको र बीमितको विश्वास कै कारण कम्पनी अग्रस्थानमा उभिन सफल भएको पाण्डे बताउँछन् ।

कम्पनीले धेरै क्षेत्रमा अगुवाई गरेको छ । कम्पनीले पहिलो पटक मौषम सूचकमा आधारित बीमा सेवा प्रदान गर्दै आएको छ । जुन किसानलाई निकै उपयोगी भएको छ । कम्पनीले नेपालमा पहिलो पटक जटिल रोगको बीमा शुरु गरेको छ भने क्यासलेस हेल्थ इन्स्योरेन्स सर्भिश शुरु गरेको छ ।

स्वास्थ्य बीमामा फोकस

‘मानिसहरुमा लाग्ने रोग पनि वृद्धि भईरहेको छ, उपचार खर्च पनि बढिरहेको छ । यस समस्याको समाधान अन्ततःस्वाथ्य बीमा नै हो’ पाण्डे भन्छन्–‘त्यसैले हामीले एक हजार भन्दा बढी रोगको उपचार हुने गरी स्वास्थ्य बीमा योजना लागू गरेका छौं ।’

१००० रोग भनेको विश्वभरमा देखिने अधिकांश रोग हुन् जसको उपचार हुन्छ । पाण्डेका अनुसार यी रोगहरुको पहिचाहन भएको छ र यस्ता रोग लाग्यो भने उपचार खर्च कति हुन्छ भनेर रिसर्च गर्ने पनि भईसकेको छ । हरेक प्रकारको रोगको बीमा गरिएको हुने र बीमा गरिएका रोगहरुको सूचि बीमा पोलिससँगै बीमितलाई दिने पुस्तिकामा उल्लेख गरिएको हुन्छ ।

‘कुनै जोखिम बढी हुन्छ, कुनै रोगको उपचार विधि जटिल हुन्छ । तर सामान्यतय धेरै रोगको उपचार कति हुन्छ भनेर स्पष्ट नै भएका हुन्छन्’ पाण्डेले भने–थोरै खर्च हुने निश्चित प्रकारको उपचारको तत्काल भुक्तानी हुन्छ ।

स्वास्थ्य बीमा सेवा प्रभावकारी बनाउन थर्ड पार्टी एडमिनिस्ट्रेटर आवश्यक रहेको उनी बताउँछन् । ‘थर्ड पार्टी एडमिनिस्ट्रेटरको लागि अहिले कानुनी प्रबन्ध छैन । नयाँ कानुनमा थर्ड पार्टी एडमिनिस्ट्रेटरको व्यवस्था गर्न हामीले बीमा समितिलाई सुझाव दिएका छौं’ उनले भने ।
थर्ड पार्टी एडमिनिस्ट्रेटरको सेवा व्यक्तिले पनि दिन सक्छ । संस्थागत रुपमा यस्तो सेवा दिने कम्पनीहरु पनि आउनसक्छन् । बीमा कम्पनीहरुले ग्राहकलाई बीमा सेवा दिन्छन् । विरामी परेपछि बीमितले लिने उपचार, उसले पाउने सुविधा, उसले गरेको खर्च सबै एडमिनिस्ट्रेटरले हेर्छ । अस्पतालले विरामीसँग उचित शुल्क लिएको छ कि बढी लिइहेको छ कि छैन ? बीमितले बील सहि रुपमा पेश गरेको छ कि गडबडी गरेको छ भनेर थर्ड पार्टी एडमिनिस्ट्रेटरले हेर्छ ।

‘थर्ड पार्टी एडमिनिस्ट्रेटरले अस्पताल र बीमा कम्पनीबीच पुलको काम गर्छ । उसले डाटा म्यानेज गर्ने, भुक्तानी गर्ने काम गर्छ’ उनले भने ।
योजनाबद्ध रुपमा अस्पतालमा जानुछ भने बीमा कम्पनीलाई जानकारी दिएर उपचार गर्दा झनै सजिलो हुन्छ । पूर्व समय तालिका अनुसार अस्पतालमा भर्ना भएर, उपचार गरेर आरामले फर्कन सकिन्छ । थर्डपाटी एड्मिनिस्ट्रेटरले सबै बस्दोबस्त मिलाई दिएको हुन्छ ।
अकस्मात विरामी पर्ने वा अकस्मात अस्पताल जानु पर्ने अवस्थामा विरामीले पहिला भुक्तानी गरेर पछि बीमा दावी गर्न सक्छन् । ‘हामीले देशका ठूला २२ अस्पतालहरुमा नगदरहित कारोबार गर्ने गरी उपचारको सम्झौता गरिसकेका छौं । भारतमा थर्डपार्टी एड्मिनिस्ट्रेटर सिस्टममा गएको ६ वटा ठूला अस्पतालमा उपचार गर्दा पनि बीमा सुविधा प्राप्त गर्न सकिन्छ ।

नक्कली विलको समस्या

नक्कली विल पेस हुने समस्याबाट बीमा कम्पनीहरु सफर छन् । पाण्डे भन्छन्–‘अरु क्षेत्रमा जस्तै बीमा क्षेत्रमा पनि मोरल हजाड रिस्क (अनैतिक कार्यबाट हुने जोखिम) हुन्छ । यस्तो समस्या क्रमशः नियन्त्रण हुँदै गएको छ । खासगरी थर्डपार्टी एड्मिनिष्ट्रेटर भएको अवस्थामा समस्या हुँदैन ।

‘एउटा केस हामीकोमा आयो । ५० हजारको तीन वटा एन्टिवाइटिकङ खाएको भनेर बीलसहित बीमा दावी भयो । लगत्तै ती महिलाले बच्चा पाईन, सबै कुरा राम्रो भयो । हामीले पत्ता लगायौ कि दावी गरिएअनुसारको औषधि सेवन गरेको भए ती महिलाले पाउने वच्चा बाँच्ने सम्भावना शून्य हुनेथियो । त्यस्तो खतरा औषधि थियो त्यो । पछि त्यो दावी फिर्ता भयो’ विकृतिको उदाहरण उनले दिए ।

नेपालीहरु वर्तमानमा भन्दा भविष्यप्रति बढी चिन्तित हुन्छन् । जुन देशमा सरकारले नागरिकलाई स्वाथ्य सुविधा राम्रो दिएको छ, निशुल्क स्वास्थ्य उपचार दिन्छ, त्यो देशमा नागरिकहरु भविष्यप्रति धेरै चिन्तित हुँदैनन् । तर नेपाल जस्तो देशमा स्वास्थ्यप्रति सबै चिन्तित बन्नु परेको छ ।

‘हामीले शुरुमा भारतको बीमा रेटलाई नेपालमा लागू गर्यौ । तर नेपालमा बीमा दावी कम आयो । त्यसपछि बीमा शुल्क दर एकपटक २० प्रतिशत, अर्को पटक १५ प्रतिशत गरेर दुई पटक घटाईसक्यौ’ उनी भन्छन्–बीमा गर्ने अभ्यास आम रुपमा बढ्दै जाने हो भने बीमा शुल्क झनै घट्नेछ । पछिल्लो समय कर्पोरेट क्षेत्रले आफ्न कर्मचारीको सामूहिक स्वाथ्य बीमा गराउने अभ्यास बढेको छ । तर सर्वसाधारणमा स्वाथ्य बीमाको अभ्यास कम नै छ ।

बीमा गर्नेहरु मध्ये जसले उपचार गर्नुपर्यो उसले फेरि बीमा गर्छ । तर एक वर्ष बीमा गरे, विरामी भएन भने मानिसहरु अनावश्यक खर्च भयो भनेर सोच्छन् त्यो गलत हो, पाण्डे भन्छन्–‘बीमालाई खर्च मान्ने होइन, लगानी सम्झनुपर्छ ।’

याे पनि

बोनस सेयर दिएर दुई अर्ब रुपैयाँ चुक्ता पुँजी बनाउन सक्षम छौं -दीपप्रकाश पाण्डे

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.