चेम्बरले बाढीपहिरो पीडितका लागि संकलित राहत सामग्री सरकारलाई बुझायो

<p>काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले बाढीपहिरो पीडितका लागि संकलित राहत सामाग्री सरकारलाई हस्तारण गरेको छ । आइतबार चेम्बर प्रतिनिधि मण्डलले सिंहदरवारमा गृहमन्त्री जनार्दन शर्मालाई राहत सामाग्री हस्तारण गरेको हो । बाढीपीडितका लागि राहत संकलन गर्न गठित डिजास्टर म्यानेजमेन्ट सेलका संयोजक एवं चेम्वरको प्रतिनिधि मण्डलले पहिलो चरणमा औषधि, खाद्य सामाग्री, त्रिपाल, टेण्ट, म्याट्रेस, लता कपडा [&hellip;]</p>

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले बाढीपहिरो पीडितका लागि संकलित राहत सामाग्री सरकारलाई हस्तारण गरेको छ । आइतबार चेम्बर प्रतिनिधि मण्डलले सिंहदरवारमा गृहमन्त्री जनार्दन शर्मालाई राहत सामाग्री हस्तारण गरेको हो ।

बाढीपीडितका लागि राहत संकलन गर्न गठित डिजास्टर म्यानेजमेन्ट सेलका संयोजक एवं चेम्वरको प्रतिनिधि मण्डलले पहिलो चरणमा औषधि, खाद्य सामाग्री, त्रिपाल, टेण्ट, म्याट्रेस, लता कपडा लगायतका राहत सामाग्री मन्त्री शर्मालाई हस्तान्तरण गरेको हो । चामल दुई ट्रक, औषधि दुई सय वक्स, त्रिपाल र टेण्ट एक ट्रक र म्याट्रेस तथा लता कपडा एक ट्रक हस्तारण गरिएको छ ।

कार्यक्रममा चेम्वरका अध्यक्ष राजेश काजी श्रेष्ठले थप राहत संकलन गरी संकलित राहत सामग्री हस्तान्तरण गर्दै जाने जानकारी दिए ।

Share News