नेशनल लाईफ इन्स्योरेन्सको वार्षिक साधारणसभा साउन २७ गते, के के छन् प्रस्ताव?

  २०७४ साउन २ गते १२:४३     विकासन्युज

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले आफ्नो २९ औँ वार्षिक साधारणसभा आगामी साउन २७ गते बोलाउने भएको छ । उक्त सभा सम्बन्धि निणर्य साउन १ गते बसेको कम्पनीको संचालक समितिको बैठकले गरेको हो ।

उक्त साभामा संचालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर वितरण गर्ने सम्बन्धि विशेष प्रस्ताव पारित गर्ने भएको छ । बोनस सेयर वितरण गर्दा कायम हुन आउने दशमलब पछिको अंकलाई सम्बन्धित सेयरधनीको नाममा पछि समायोजन गर्ने कम्पनीले जनाएको छ ।

साथै, सोही सभाले २५ प्रतिशत बोनस सेयर वितरण पश्चात कायम हुन आउने चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्ने कम्पनीले जनाएको छ ।

त्यस्तै, कम्पनीका अनुसार सभामा संस्थापक समूहबाट जम्मा ६ जना संचालकहरुको निर्वाचन गर्ने निर्णय रहेको छ ।

2 comments on "नेशनल लाईफ इन्स्योरेन्सको वार्षिक साधारणसभा साउन २७ गते, के के छन् प्रस्ताव?"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.