दिनेश श्रेष्ठलाई ११ जिल्ला नगर उद्योग वाणिज्य संघकाे समर्थन

  २०७३ फागुन २७ गते १६:४५     विकासन्युज

काठमाडौं । ११ जिल्ला तथा नगर उद्योग बाणिज्य संघहरुले नेपाल उद्योग बाणिज्य महासंघको जिल्ला नगरतर्फको उपाध्यक्षका उम्मेदवार दिनेश श्रेष्ठलाई सहयोग गर्ने घोषणा गरेका छन् । दैलेख उद्योग बाणिज्य संघको ८ औं जिल्ला सम्मेलनमा ११ जिल्ला/नगर सभापतिहरुले श्रेष्ठलाई सहयोग गर्ने घोषणा गरेका हुन् ।

‘दैलेख जिल्ला उद्योग बाणिज्य संघको ८ औं अधिवेशनमा ११ जिल्ला तथा नगर उद्योग बाणिज्य संघका अध्यक्षहरुले भवानी राणाको समर्थन प्राप्त शेखर गोल्छा र दिनेश श्रेष्ठको समूहलाई सहयोग गर्ने घोषणा गर्नु भएको छ’, जिल्ला नगर तर्फको उपाध्यक्षको उम्मेदवारी घोषणा गरेका दिनेश श्रेष्ठले विकासन्युजसँग भने ।

श्रेष्ठको उम्मेदवारीलाई समर्थन गर्नेहरुमा नवलपरासी उद्योग बाणिज्य संघका अध्यक्ष भिम बहादुर थापा, धुलीखेल उद्योग बाणिज्य संघका अध्यक्ष मञ्जु कुमार कोजु, धादिङ उद्योग बाणिज्य संघका अध्यक्ष बोदनाथ दवाडी, मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने, नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष तारा बहादुर कार्की, कृष्णनगर उद्योग बाणिज्य संघका अध्यक्ष गुरुशरण सिंह, चन्द्रौटा उद्योग बाणिज्य संघका अध्यक्ष जम्शेख अलि मिया, लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी रहेका छन् ।

त्यस्तै, दाङ उद्योग बाणिज्य संघका अध्यक्ष हेमराज बञ्जाडे, अर्घाखाँची उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले यस समूहलार्इ समर्थन गर्ने घाेषणा गरेका छन् । अर्घाखाँचीका श्रेष्ठ हाल महासंघ केन्द्रिय सदस्य समेत रहेका छन् । उनीहरुले चण्डीराज ढकाल, भवानी राणा, शेखर गोल्छा र दिनेश श्रेष्ठ सहभागी समूहलाई सहयोग गर्ने घोषणा गरेको श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा विभिन्न जिल्ला तथा नगर उद्योग बाणिज्य संघका निवर्तमान ६ जना अध्यक्षहरुले पनि सहयोग गर्ने घोषणा गरेको पनि उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.