उपत्यकाको चारै दिशमा स्याटलाइट सिटी बनाउँन साढे दुई खर्ब, जग्गा प्राप्तीमा मात्रै सवा खर्ब लाग्ने

<p>काठामाडौं । उपत्यकाभित्रका चार स्थानमा विकास गर्न लागिएका महत्वकांक्षी चार नयाँ नगर (सयटेलाइट सिटी) का लागि सरकारले २ सय ५० अर्ब रुपैयाँ लगानी गर्नुपर्ने भएको छ । पहिलो ५ वर्षभित्रमा जग्गा प्राप्ती र विकासका लागि मात्र १ खर्ब ३० अर्ब रुपैयाँ लगानी गर्नुपर्ने छ । काठमाडौं उपत्यका विकास प्राधिकरणमार्फत विकास गर्न लागिएका स्याटेलाइट सिटीमध्ये काठमाडौंको [&hellip;]</p>

काठामाडौं । उपत्यकाभित्रका चार स्थानमा विकास गर्न लागिएका महत्वकांक्षी चार नयाँ नगर (सयटेलाइट सिटी) का लागि सरकारले २ सय ५० अर्ब रुपैयाँ लगानी गर्नुपर्ने भएको छ ।

पहिलो ५ वर्षभित्रमा जग्गा प्राप्ती र विकासका लागि मात्र १ खर्ब ३० अर्ब रुपैयाँ लगानी गर्नुपर्ने छ ।

काठमाडौं उपत्यका विकास प्राधिकरणमार्फत विकास गर्न लागिएका स्याटेलाइट सिटीमध्ये काठमाडौंको इशान (पूर्व पश्चिम)मा रहने नगरमा सबैभन्दा बढी लगानी लाग्ने छ ।

यसका लागि १ खर्ब रुपैयाँभन्दा बढी लगानी आवश्यक रहने छ । आग्नेय (पूर्व दक्षिण) नैऋत्य (दक्षिण पश्चिम) र उत्तरमा स्याटेलाईट सिटी बनाँउन भने ५० ( ५० अर्ब रुपैयाँ लगानी गर्नुपर्ने छ । कुल रकमकै ८० प्रतिशत जग्गा प्राप्तीमा खर्च हुने पनि उल्लेख छ । (नयाँ पत्रिका दैनिकबाट)

Share News