काठमाडौं । बुधबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ७.७९ अंकले घटेर २६८८ बिन्दुमा झरेको हो ।
नेप्सेका अनुसार ७० कम्पनीको सेयर मूल्य बढ्दा १९८ कम्पनीको सेयर मूल्य घटेको छ । ७ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
बुधबार ३४३ कम्पनीको ९७ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन पावर पार्टनरको २२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
साथै खानीखोला हाइड्रोको २१ करोड, रिलाइन्स स्पिीनिङको १७ करोड र सेन्ट्रल फाइनान्सको १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
एभरेष्ट कलरको सेयर मूल्य १४.९९ प्रतिशतले बढेको छ ।