काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालका अग्रणी उद्योगपतिहरूसँग बजेट कार्यान्वयनबारे विशेष छलफल गर्ने भएका छन् ।
अर्थमन्त्रीको सचिवालयका अनुसार नेपालमा उत्पादनमूलक उद्योग सञ्चालन गर्दै अर्थतन्त्रमा विशिष्ट योगदान पुर्याएका झन्डै तीन दर्जन उद्योगपतिसँग अर्थ मन्त्रालयमा ‘बजेट कार्यान्वयन विशेष छलफल कार्यक्रम’ आयोजना गरिएको हो।
छलफलमा अर्थमन्त्री डा. वाग्लेसहित अर्थसचिव डा। घनश्याम उपाध्याय, उद्योग, वाणिज्य तथा आपूर्ति सचिव नारायणप्रसाद दवाडीलगायत अर्थ मन्त्रालयका महत्त्वपूर्ण महाशाखा तथा विभागका अधिकारीहरूको सहभागिता रहने जनाइएको छ ।
कार्यक्रम आज अपरान्ह ३ बजेदेखि अर्थ मन्त्रालयमा सुरु हुने अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।