काठमाडौं । सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७.८५ बिन्दुले बढेर २७८६.३५ बिन्दुमा पुगेको हो ।
नेप्सेका अनुसार २३५ कम्पनीको सेयर मूल्य बढ्दा २८ कम्पनीको सेयर मूल्य घटेको छ । ७ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
सोमबार ३४२ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार आँखु खोला जलविद्युत कम्पनीको भएको छ । आँखु खोलाको ६० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
साथै, रिडि पावरको ३० करोड, एपीआई पावरको १८ करोड, नेसनल हाइड्रोको १५ करोड र न्यादी गुप्रको १४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
सोमबारको कारोबारमा थ्री स्टार हाइड्रो, सुपर खुदी, अप्पर हेवाखोला, माया खोला र रिडिज लाइनका सेयर लगानीकर्ताले कमाएका छन् ।
आज १३ उपसमूहको सूचक मध्ये १२ वटाको सूचकमा हरियाली छाएको छ । म्युचल फन्डको सूचक घटेकाे छ ।