आगलागीबाट ३२ लाख रुपैयाँ बराबारको क्षति

काठमाडौं । देशका विभिन्न भागमा भएका आगलागीका घटनामा ३२ लाख रुपैयाँ बराबरको धनमाल जलेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार रौतहट, पर्सा, दार्चुला, कपिलवस्तु र कञ्चनपुरमा शनिबार भएका आगालागीका घटनामा उक्त रकम बराबरको धनमान नष्ट भएको हो । 

रौतहकटको देवाही गोनाही नगरपालिका-५ टिकुलीया टोलका  वकिल यादवको गोठमा शनिबार राति आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब एक लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ । 

पर्साको पटेर्वा सुगौली गाउँपालिका-१ गदियानी टोलका मुस्तकिम मिया मन्सुरीको घरमा आगो लाग्दा पाँच लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेको छ । 

यसैगरी, दार्चुलाको  महाकाली नगरपालिका-४ स्थित जसु लुहारको कस्मेटिक पसल र सँगैको चियानास्ता पसलमा आगालागी हुँदा करिब १६ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल खरानी भएको छ ।

कञ्चनपुरको पुनर्वास नगरपालिका-१ र म्याग्दीको मङ्गला गाउँपालिका-२ खुम्लियामा विद्युत् चुहिएर आगो लाग्दा क्रमशः छ लाख र दुई लाख रुपैयाँ बराबरका सामान जलेका जनाइएको छ । 
 

Share News