३ मेगावाट क्षमताको भैरवकुण्ड हाइड्रो पावर लिलामीको प्रक्रियामा

<p>काठमाडौं । सिन्धुपाल्चोकको लार्चामा सञ्चालन भएको ३ मेगावाट क्षमताको भैरवकुण्ड हाइड्रोपावरलाई बैंकहरुले लिलामी गर्ने भएका छन् । हाइड्रोपावरलले बैंकबाट लिएको ऋण तिर्न नसकेपछि लिलामीको प्रक्रिया अघि बढाएको हो । हाइड्रो पावरलाई ३५ दिनभित्र ऋण तिर्न भनि सूचना जारी गरेपनि हाल सम्म हाइड्रो पावरले ऋण नतिरेपछि लिलामीको प्रक्रिया अघि बढाएको जनाइएको छ । लगानी बैंकहरुले अबको १५ [&hellip;]</p>

काठमाडौं । सिन्धुपाल्चोकको लार्चामा सञ्चालन भएको ३ मेगावाट क्षमताको भैरवकुण्ड हाइड्रोपावरलाई बैंकहरुले लिलामी गर्ने भएका छन् । हाइड्रोपावरलले बैंकबाट लिएको ऋण तिर्न नसकेपछि लिलामीको प्रक्रिया अघि बढाएको हो ।

हाइड्रो पावरलाई ३५ दिनभित्र ऋण तिर्न भनि सूचना जारी गरेपनि हाल सम्म हाइड्रो पावरले ऋण नतिरेपछि लिलामीको प्रक्रिया अघि बढाएको जनाइएको छ । लगानी बैंकहरुले अबको १५ भित्र आयोजना लिलामी हुने उल्लेख गरिएको छ ।

सो आयोजनालाई सानिमा बैंकको अगुवाईमा बैंक अफ कमाठमाडौं, एनएमबी बैंक, एनआइसिएशिया बैंक र मञ्जुश्री फाइनान्स र ग्लोबल आइएमईले करिब ४० करोड रुपैयाँ ऋण लगानी गरेका छन ।

पटक पटक सूचना जारी गर्दा पनि ऋण नतिरे पछि सललामी गर्नु परेको बैंकहरुले जनाएका छन् । आयोजनाले ऋण नतिर्नुको कारण आयोजना सञ्चालकहरुको आन्तरिक कारण भएको बुझिएको छ ।

Share News