लक्ष्मी लघुवित्तले ग्राहकलाई दियाे कृषि सम्बन्धी तालिम

  २०७९ पुष ४ गते १३:२९     विकासन्युज

काठमाडौं । लक्ष्मी लघुवित्तले ग्राहकलाई कृषि सम्बन्धी तालिम दिएकाे छ ।

लक्ष्मी लघुवित्त वित्तीय संस्थाले सिन्धुलीको भिमान र रामेछापको हिलेदेवी गरी २ वटा शाखामा आवद्ध ग्राहकहरुलाई बेमौसमी तरकारी खेती तथा व्यवसायिक बाख्रापालन तालिम प्रदान गरेको हाे ।

मिति मंसिर २७ गते देखि पौष २ गते सम्म सञ्चालन भएको तालिममा व्यवसाय उन्मुख ५४ जना ग्राहक सदस्यहरु सहभागी भएका थिए ।

बेमौसमी तरकारी खेती तथा व्यसायिक बाखापालन सम्बन्धी परम्परागत जीविकोपार्जन सीपलाई व्यवसायिकरण तर्फ रुपान्तरण गर्ने उद्धेश्यले उक्त तालिम आयोजना गरिएको थियो ।

कार्यक्रममा उपस्थित स्थानीय पदाधिकारीहरुले संस्थाको कार्य विस्तार क्षेत्रहरुमा वित्तीय कारोवार अन्र्तगत आर्थिक परिचालनमा सहयोग र तालिमको माध्यमबाट सीप र क्षमता अभिवृद्धि गरी कृषकहरुलाई हौसला तथा उत्साह प्रदान गरे जस्तै ग्राहकहरुले पनि संस्थाको उद्धेश्य अनुरुप वित्तीय कारोवारमा अनुशासित हुदै, तालिम पश्चात सिकेका कुराहरु व्यवहारमा उतार्नुपर्ने आवश्यकतामा जोड दिएका थिए । तालिमको सहजीकरण संस्थाका व्यवसाय प्रवद्र्धन अधिकृत (कृषि विशेषज्ञ) ओम प्रकाश भुसालले गरेका थिए ।

लक्ष्मी लघुवित्तले कर्जा, बचत बाहेक लघुवीमा, विप्रेषण, ट्यावलेट बैकिङ्ग, लक्ष्मी लघुवित्त स्मार्ट एप र लक्ष्मी लघुवित्त मोबाईल पैसा सुविधा संगै महिलाहरुलाई उद्यमशीलताको माध्यमबाट महिला सशक्तिकरणमा टेवा पु¥याउने उद्धेश्यले क्षमता अभिवृद्धि तथा सीप विकास सम्बन्धी तालिमहरु सञ्चालन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.