वायुसेवा निगमको कार्यकारी अध्यक्षमा मदन खरेल नियुक्त, कार्यकारी प्रमुखको भूमिकामा खरेल र कंसाकारबीच भिडन्त हुँदै

<p>काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा मदन खरेललाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले खरेललाई कार्यकारी अध्यक्ष बनाउने निर्णय गरेको सरकारका प्रवक्ता गोकुल बास्कोटाले बताए । यसअघि सरकारले निगमको संचालक समिति सदस्यमा पर्यटन सचिव हुने व्यवस्थालाई हटाएर खरेललाई सदस्यमा नियुक्त गरेको छ । झापाबासी खरेल प्रधानमन्त्री केपी शर्मा वलीको निकट सहयोगि [&hellip;]</p>

काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा मदन खरेललाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले खरेललाई कार्यकारी अध्यक्ष बनाउने निर्णय गरेको सरकारका प्रवक्ता गोकुल बास्कोटाले बताए । यसअघि सरकारले निगमको संचालक समिति सदस्यमा पर्यटन सचिव हुने व्यवस्थालाई हटाएर खरेललाई सदस्यमा नियुक्त गरेको छ ।

झापाबासी खरेल प्रधानमन्त्री केपी शर्मा वलीको निकट सहयोगि हुन् । खरेलले २०७० चैतमा निगमको महाप्रबन्धकबाट राजीनामा दिएर बाहिरिएका थिए । त्यसपछि निगममा फर्कन उनले पटक पटक सरकारसँग ताकेता गरेका थिए । खरेलले नेपाल टेलिकमको प्रबन्ध निर्देशक र दुरसञ्चार प्राधिकरणको अध्यक्ष बन्नको गरेका प्रयास असफल भएका थिए ।

निगमका प्रवन्ध निर्देशक सुगतरत्न कंसाकारलाई राजीनामा गर्न वाध्य पार्ने उदेश्यसहित खरेललाई कार्यकारी अध्यक्ष बनाएको देखिन्छ । निगमको कार्यकारी प्रमुखको रुपमा प्रबन्ध निर्देशक कंसाकारले काम गर्दै आएको थिए । तर उनी राजीनामा गर्ने मोडमा छैनन् ।

कार्यकारी अध्यक्षमा खरेलको नियुक्तीसँग निगममा कार्यकारी अधिकारको विषयलाई लिएर दुई जनाबीच लडाई हुने निश्चित देखिएको छ । कंसाकार पदबाट राजीनामा गर्ने पक्षमा छैनन् । उनको कार्यकाल करिव ९ महिना बाँकी छ ।

Share News