सेयर बजारमा आगामी बर्षः नयाँ स्टक एक्सचेञ्जदेखि एनआरएनको लगानीसम्म

<p>काठमाडौं । नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक बर्षको धितोपत्र तथा बस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बोर्डले आफ्नो इतिहासमा पहिलो पटक सार्वजनिक गरेको धितोपत्र तथा बस्तु विनियम बजार सम्बन्धी नीति तथा कार्यक्रमले पुनः नयाँ स्टक एक्सचेञ्ज कम्पनी स्थापना गर्ने, एनआरएनलाई सेयर बजारमा प्रवेश गराउने, बैंकलाई ब्रोकर लाइसेन्स दिने लगायतका कार्यक्रम [&hellip;]</p>

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक बर्षको धितोपत्र तथा बस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बोर्डले आफ्नो इतिहासमा पहिलो पटक सार्वजनिक गरेको धितोपत्र तथा बस्तु विनियम बजार सम्बन्धी नीति तथा कार्यक्रमले पुनः नयाँ स्टक एक्सचेञ्ज कम्पनी स्थापना गर्ने, एनआरएनलाई सेयर बजारमा प्रवेश गराउने, बैंकलाई ब्रोकर लाइसेन्स दिने लगायतका कार्यक्रम अघि सारेको छ ।

बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले एफपीओ र प्रिमिय मूल्यमा आईपीको मूल्य निर्धारणका लागि बुक बिल्डिङ प्रक्रिया आगामी आर्थिक बर्षदेखि आरम्भ गर्ने बताए । त्यस बाहेक स्थानीय तहसम्म पुँजी बजारको विस्तार, एक नेपाली एक डिम्याट खाता अभियान सञ्चालन गर्ने लगायतका कार्यक्रम नीतिमा समेटिएका छन् ।

स्थानीय तहहरुलाई बण्ड तथा ऋण पत्र जारी गर्ने व्यवस्था मिलाउने, अनलाईन ट्रेडिङ तत्काल कार्यान्वयन, बाँकी ६ वटा प्रदेशमा बोर्डको क्षेत्रिय कार्यालय स्थापना, राजधानीमा पाक्षिक रुपमा सेयर तालिम लगायतका काम आगामी बर्षमा अघि बढाउने बोर्डका अध्यक्ष कार्कीले पेश गरेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । अध्यक्ष कार्कीले केहि समयभित्र कमोडिटी एक्सचेञ्ज कम्पनीहरुलाई लाइसेन्स दिने प्रक्रिया टुंगीने जानकारी पनि दिए ।

Share News