बर्षेनी साढे १० अर्बको बिजुली बेच्दै माथिल्लो तामाकोसी, ३ वर्षभित्रै नाफामा

<p>काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत आयोजना सञ्चालनमा आएको ३ वर्ष भित्रै नाफामा जाने भएको छ । साधारण सेयर (आईपीओ) निष्कासन प्रयोजनका लागि सार्वजनिक गरिएको आव्हानपत्रमा आगामी आर्थिक वर्ष ०७६/०७७ देखि प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले नाफा कमाउन थाल्ने भएको हो । सो वर्ष कम्पनीले ४ अर्ब १० करोड रुपैयाँ नाफा कमाउने प्रक्षेपण गरिएको छ । [&hellip;]</p>

काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत आयोजना सञ्चालनमा आएको ३ वर्ष भित्रै नाफामा जाने भएको छ । साधारण सेयर (आईपीओ) निष्कासन प्रयोजनका लागि सार्वजनिक गरिएको आव्हानपत्रमा आगामी आर्थिक वर्ष ०७६/०७७ देखि प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले नाफा कमाउन थाल्ने भएको हो । सो वर्ष कम्पनीले ४ अर्ब १० करोड रुपैयाँ नाफा कमाउने प्रक्षेपण गरिएको छ ।

आव ०७७/०७८ मा घटेर २ अर्ब १२ करोड र ०७८/०७९ मा बढेर २ अर्ब ८६ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ । त्यसपछि आम्दानी बढ्ने र ऋण दायित्व पनि क्रमश घट्दै जाने भएकाले नाफामा बढोत्तरी हुने देखिएको छ । कम्पनीले आव ०७८/०७९ मा ६ अर्ब २७ करोड ७२ लाख रुपैयाँ संचित नाफा गर्नेछ । आयोजना सञ्चालन भएको साढे ९ वर्षभित्र कर्जा चुक्ता गर्नेछ ।

संचय कोषले आयोजनामा लगानी गरेवापत लिने कर्जाको ब्याजदर १०.५ प्रतिशत छ । ४ वर्षमा प्रतिसेयर आम्दानी बढेर २७ रुपैयाँ पुग्ने अनुमान गरिएको छ । कम्पनीको चुक्तापुँजी १० अर्ब ५९ करोड रुपैयाँ छ । कम्पनी आव ०७४/७५ र ०७५/०७६ मा नोक्सानमा रहने अनुमान गरिएको छ । आगामी ०७५ बैशाखदेखि तामाकोसी आयोजनाबाट बिजुली उत्पादन हुने कार्यतालिका तयार पारिएको छ ।

आउदो ४ वर्षदेखि माथिल्लो तामाकोसीले बिजुली बिक्रीबाट वार्षिक १० अर्ब ११ करोड २३ लाख रुपैयाँ आम्दानी गर्नेछ । आगामी वर्ष ०७५/०७६ ४ अर्ब, ४ करोड, ०७६/०७७ मा ९ अर्ब ५३ करोड, ०७७/०७८ मा ९ अर्ब ८१ करोड रुपैयाँ आम्दानी गर्ने कम्पनीले जनाएको छ । आव ०७५/०७६ मा ३ अर्ब १ करोड, ०७६/०७७ मा ६ अर्ब २ करोड, ०७७/०७८ मा ५ अर्ब ९८ करोड र ०७८/०७९ मा ५ अर्ब ४९ करोड रुपैयाँ दायित्व रहने छ ।

४५६ मेगावाट क्षमताको यो आयोजना निर्माण अवधिको ब्याज (आइडीसी) बाहेक ३५ अर्ब २९ करोड रुपैयाँ अनुमान गरिएकोमा डलर महंगो भएको, भूकम्प र नाकावन्दीले समय थप हुदा संशोधित अनुमान लागत बढेर ४९ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । यो आईडीसी भन्दा बाहेकको हो । काम सुरु गर्दा १ डलर बराबर ८० रुपैयाँ थियो । अहिले बढेर ११० रुपैयाँसम्म पुगेको छ ।

आयोजनाको लागत ७ अर्ब ६६ करोड रुपैयाँ थप हुने कम्पनीले जनाएको छ । यसका लागि कम्पनीले ऋणप्रदायक कर्मचारी संचय कोषलगायतसंग छलफल गरिरहेको जानकारी दिएको छ । आयोजनाबाट वार्षिक २ अर्ब २८ करोड युनिट बिजुली उत्पादन हुने छ । आईडीसी बाहेक निर्माण अवधिको ब्याज बाहेक प्रतिमेगावाट १० करोड ८१ लाख रुपैयाँ पुगेको छ ।

आयोजनाबाट उत्पादन हुने बिजुली नेपाल विद्युत प्राधिकरणले खरिद गर्ने छ । आयोजनाको बिजुलीको मूल्य प्रतियुनिट औसत ५ रुपैयाँ ३० पैसासम्म पुग्ने छ । कम्पनीमा नेपाल विद्युत प्राधिकरणको ४१, नेपाल टेलिकमको ६, राष्ट्रिय बीमा संस्थानको २ र नागरिक लगानी कोषको २ प्रतिशत स्वामित्व छ । यस्तै सर्वसाधारणको ४९ प्रतिशत लगानी रहेको छ

आयोजनाको साधारण सेयर (आईपीओ) असार २४ गते आइतबारदेखि निष्कासन हुने भएको छ । प्रवद्र्धक अपर तामाकोसीले आयोजना प्रभावित दोलखा जिल्लाका स्थानीयबासिन्दा र सर्वसाधारणलाई गरी २ अर्ब ६४ करोड ७५ लाख रुपैयाँ बराबरको २ करोड ६४ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

जसअनुसार आयोजना प्रभावित स्थानीयबासिन्दालाई १ अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबरको १ करोड ९० लाख कित्ता र सर्वसाधारणलाई १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको १ करोड ५८ लाख ८५ कित्ता आईपीओ निष्कासन हुन लागेको हो । पहिलो चरणमा आयोजना प्रभावित स्थानीयबासिन्दालाई निष्कासन हुने बिक्री प्रवन्धक नागरिक लगानी कोषले जनाएको छ ।आयोजना प्रभावितले प्रतिकित्ता न्युनतम ३० देखि अधिकतम ३०० र सर्वसाधारणले ५० देखि बढीमा १ हजार कित्तासम्म आईपीओ भर्न पाउनेक कोषले जानकारी दिएको छ ।

स्थानीयबासिन्दालाई असार २४ देखि साउन ९ गतेसम्म आईपीओ खुला हुने छ । स्थानीयबासिन्दालाई बाँडफाँड गरेपछि सर्वसाधारणलाई खुला गर्ने कोषले जानकारी दिएको छ । आईपीओ निष्कासनपछि चुक्तापुँजी १० अर्ब ५९ करोड रुपैयाँ पुग्ने छ ।

यसअघि कर्मचारी संचय कोषका संचयकर्ता, ऋण दिने संस्थाका कर्मचारी र नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई गरी १७.२८ प्रतिशत अर्थात १ अर्ब ८२ करोड ९९ लाख ५२ हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ९५ हजार कित्ता आईपीओ निष्कासन गरी ०७२ जेठ २९ गते बाँडफाँड भइसकेको छ ।

आयोजनाको ९६ प्रतिशत काम सकिएको छ । आईपीओबाट संकलन भएको रकम आयोजनाको सिभिल, हाइड्रोमेकानिकल, इलेक्ट्रोमेकानिकल र प्रसारणलाइन विस्तारमा लगानी हुने कम्पनीले जनाएको छ ।

Share News