राष्ट्र बैंकमा जागिर मोहः १५१ जनाको कोटामा ५६ हजार आवेदन, ४ करोड राजश्व, कहिले हुन्छ परीक्षा ?

  २०७५ वैशाख ५ गते १६:२८     विकासन्युज

काठमाडौं । राष्ट्र बैंकको १ सय ५१ जनाको विज्ञापनमा ५६ हजार ५ सय ६१ जनाको आवेदन परेको छ । राष्ट्र बैंकले ३ तहको लागि खुलाएको विज्ञापनमा ठुलो संख्यामा दरखास्त परेको हो ।

बैंकले २ महिनाअघि खुलाएको असिस्टेन्ट सहयकमा ९६ जना, अफिसर तृतिय ४५ जना र अफिसरमा १० जना माग गरी विज्ञापन गरेको थियो । असिस्टेन्ट सहायकमा सबैभन्दा धेरै ४३ हजार ६ सय ६६ जनाले आवेदन दिएका छन् । त्यस्तै अधिकृत तृतिया तर्फ ४ हजार ३२ जनाले आवेदन दिएका छन् । त्यसैगरी अफिसरमा १ हजार १ सय ४४ जनाको आवेदन परेको छ ।

आवेदन दिएकामध्ये ७ हजार ६ सय ४८ जनाले परिक्षा दिन नपाउने भएका छन् । बैंकका निर्देशक गुरु पौडेलका अनुसार आवश्यक कागजपत्र नपुगेपछि उनीहरुले परिक्षा दिन नपाउने भएका हुन् । यसरी आवेदन रद्ध गरिएका व्यक्तिहरुलाई मोबाइलमा सूचना जाने निर्देशक पौडेलले जानकारी दिए ।

बैंकले आवेदन दस्तुरबाट मात्रै ४ करोड रुपैयाँ राजस्व उठाएको छ । बैंकका अनुसार परिक्षा सञ्चालन गर्न बैंकले लोकसेवालाई १५ दिनअघि पत्र काटिसकेको छ । लोकसेवाले नै अब परिक्षा सञ्चालन गर्ने निर्देशक पौडेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.