नेपालको उच्च शिक्षा समयको वर्वादी मात्रै हो

  २०७४ फागुन २९ गते १०:२२     भीम उपाध्याय

भीम उपाध्याय, पूर्वसचिव

काठमाडौं । नेपालमा उच्च शिक्षा हासिल गर्न समय विताउनु  मात्र हाे, कलेज जानु भनेको वेरोजगारहरूलाई केही वर्ष अल्मलाउनुको मात्र हो ।

तिनका ९५ प्रतिशत शिक्षा आउटडेटेड, गुणस्तरहिन, अवैज्ञानिक र निरस, देशकाल, परिस्थिति र विश्व परिवेश तथा माग अनुकूल पनि छैनन् । उर्जाशील ५/६ वर्ष अवधिको जीवन वर्वादी हो ।

विद्यार्थी दलका आगो फुक्न काम लाग्ने ढुंग्रा मात्र हुन् । अहिले यस्तो शिक्षा पढेर ठूलो मान्छे बनिन्छ भन्ने पनि छैन । रोजगारी पाईन्छ भन्ने पनि छैन । पाए विदेश जाने भन्ने हो र यस्तो नेपाली शिक्षा त्यहॉ आँची पुछ्ने कागज जति पनि मान्यता छैन ।

कठै, न चरित्र न ज्ञान न सीप न कला न साहित्य न भाषा न ईतिहास न भूगोल न अध्यात्म न विज्ञान प्रविधि न खगोल न मानवताको ज्ञानमा दख्खल । यस्तो यहॉको शिक्षाले के नै गर्न सक्छ त ।

One comment on "नेपालको उच्च शिक्षा समयको वर्वादी मात्रै हो"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.