भूकम्पमा सहानुभूति समेत नदिने सलमान खान रक्सीको प्रमोशन गर्न नेपाल आउँदै, टिकटको मूल्य १० हजारसम्म

  २०७४ फागुन १० गते १६:१४     विकासन्युज

काठमाडौं । २०७२ बैशाख १२ गतेको भूकम्पमा परेर हजारौं नेपालीले ज्यान गुमाए, खर्बाैंको भौतिक सम्पति नोक्सान भयो । त्यतिबेला सात समुन्द्र पारीका फुटबलर मेस्सीदेखि रोनाल्डोसम्मले सहयोगको घोषणा गरे । तर रोटी र बेटीको सम्बन्ध भएका छिमेकी मुलुक भारतका सुपरस्टार सलमान खान भने त्यतिबेला सहयोग नगरेको र नगर्ने घोषणा गरिरहेका थिए ।

रोनाल्डोले ८० करोड सहयोग गर्दा मेस्सीले ५१ करोड सहयोग गरे । रोनाल्डोले सेभ द चिल्ड्रेन युके र मेस्सीले युनिसेफ मार्फत नेपाली बालबालिकाका लागि सहयोग गरेका थिए । बार्सीलोनाले खेल मैदानमै मौनधारण गर्यो भने रोनाल्डोले नेपाल र पोर्चुगलको झण्डा लिएर फोटो खिचे ।

संसारभरबाट नेपाल र नेपालीको दुःखमा साथ सहयोग प्राप्त भैरहेका बेला भारतीय सुपरस्टार सलमान खानले पनि सहयोग घोषणा गरेको चर्चा शिखरमा पुग्यो । तर सलमानले आफ्नो फेसबुकमा लेखे–हामीले भूकम्प पीडित नेपालीलाई सहयोग गरेका छैनौं र सहयोग गर्ने तत्काल कुनै कार्यक्रम पनि छैन् ।

सहयोग गर्नु नगर्नु खानको व्यक्तिगत अधिकारको कुरा हो । तर उनले सहयोग नगरेको घोषणा गरिरहँदा सहानुभूतिका दुई शब्द समेत खर्चने प्रयास गरेनन् । खानले ‘हामी सहयोग गर्न असमर्थ छौं तर नेपाल र नेपाली प्रति आईपरेको विपत्तिमा दुःखी भएका छौं ।’ भन्न सक्थे । तर उनका तर्फबाट त्यति शब्द पनि निस्केनन् । मेस्सी र रोनाल्डोमा मानविय सम्वेदना देखिँदा सलमानले सहयोग नगर्ने घोषणा गरे तर दुःख पनि व्यक्त गरेनन् ।

यतिबेला उनै भारतीय सुपरस्टार सलमान खान रक्सीको प्रमोशनका लागि नेपाल आउँदैछन र हामी नेपाली उनका लागि १० औं हजारको टिकट किन्न तयार भएका छौं । भूकम्पले सिंगो नेपाल शोकमा डुबेका बेला दुई शब्द सहानुभूति व्यक्त गर्न पनि नसक्ने खानका लागि हामी १० औं हजार खर्चन कसरी तयार भयौं ? यो गम्भिर प्रश्न हो ।


विईङ ह्युमन फाउण्डेसन सञ्चालन गरिरहेका सलमानले सहानुभूति समेत नदेखाएका हामी नेपाली आज उनका लागि रक्सीको टिसर्ट लगाएर टुँडीखेलमा जम्मा हुन तयार भएका छौं किन ?

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.