बजारमा पैसा फालाफाल, ४ वटा बैंकले बुझाए ३ अर्ब ९० करोड

  २०७४ पुष २४ गते १७:१७     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले अधिक तरलता भएका ४ वटा वाणिज्य बैंकबाट २ अर्ब रुपैयाँ उठाएको छ ।

बैंकिङ प्रणालीमा अधिक तरलता रहेको भन्दै राष्ट्र बैंकले आज सोमबार २ अर्ब रुपैयाँ बजारबाट उठाउनका लागि प्रतिस्पर्धा आब्हान गर्दा ४ वटा बैंकले ३ अर्ब ९० करोड रुपैयाँ दिने प्रस्ताव गरेका थिए ।

मागेको २ अर्ब रुपैयाँ मात्र तरलता प्रशोचन भएको केन्द्रीय बैंकले जनाएको छ । आज पनि ५१ अर्ब रुपैयाँ हारहारीमा अधिक तरलता रहेको राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकले ३ प्रतितशत ब्याज दिने गरी १४ दिनका लागि २ अर्ब रुपैयाँ प्रशोचन गरेको हो । २ अर्ब रुपैयाँ माघ ८ गते फिर्ता हुने छ ।

अघिल्लो साता लगानीयोग्य पुँजी नभएको भन्दै बैंक तथा वित्तीय संस्थाले हारगुहार गरेपछि राष्ट्र बैंकले ४ पटक गरेर २७ अर्ब ६३ करोड रुपैयाँ बजारमा पठाएको थियो । आइतबार बैंकहरुले ब्याजदर करिडोरको सीमा नाघेर ३ प्रतिशत भन्दा तल ब्याजदर प्रस्ताव गरेपछि केन्द्रीय बैंकले आजदेखि बजारबाट पैसा तान्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.