साञ्जेनले ८७ लाखको आईपीओ निष्कासन गर्न पायो बोर्डकाे अनुमति

  २०७४ मंसिर २७ गते १४:४९     विकासन्युज

काठमाडौं । साञ्जेन जलविद्युत कम्पनी लिमिटेडले ८७ लाख ६० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने भएको छ । धितोपत्र बोर्डले मंगलबार मात्र यस हाइड्रोपावरलाई साे मात्राकाे आईपीओ निष्कासन गर्न अनुमति दिएको हो ।

बोर्डको अनुमति अनुसार कम्पनीले ८७ हजार ६ सय कित्ता आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले जारी गर्ने सो मात्राको सेयरका लागी यस संस्थाका संस्थापक सेयरधनी, कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र ऋण प्रदायक कम्पनीका कर्मचारीले आवेदन दिन पाउने छन् । यसपछि सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने कम्पनीले जनाएको छ ।

यस कम्पनीको बिक्री प्रबन्धक अर्थात सेयर निष्कासनको रुपमा सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट(नागरिक लगानी कोष) रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.