चौधरी ग्रुपले गत वर्ष ७ अर्ब ८८ करोड कर तिर्यो

<p>काठमाडौं । चौधरी ग्रुपले गत आर्थिक वर्षमा सरकारलाई ७ अर्ब ८८ करोड रुपैयाँ कर तिरेको छ । डलर अर्बपति विनोदकुमार चौधरीको करको विषयमा विभिन्न खाले टिकाटिप्पणी भएपछि ग्रुपले सोमबार प्रेश विज्ञप्ति जारी गरी अघिल्लो वर्षको भन्दा ४० प्रतिशत बढी कर तिरेको जानकारी दिएको छ । ग्रुपले कुल राजश्वको १.५९ प्रतिशत योगदान रहेको दावी गरेको छ [&hellip;]</p>

काठमाडौं । चौधरी ग्रुपले गत आर्थिक वर्षमा सरकारलाई ७ अर्ब ८८ करोड रुपैयाँ कर तिरेको छ ।
डलर अर्बपति विनोदकुमार चौधरीको करको विषयमा विभिन्न खाले टिकाटिप्पणी भएपछि ग्रुपले सोमबार प्रेश विज्ञप्ति जारी गरी अघिल्लो वर्षको भन्दा ४० प्रतिशत बढी कर तिरेको जानकारी दिएको छ । ग्रुपले कुल राजश्वको १.५९ प्रतिशत योगदान रहेको दावी गरेको छ ।

ग्रुपले अघिल्लो आवमा ५ अर्ब ५९ करोड ९७ लाख रुपैयाँ कर तिरेको जानकारी दिएको छ । कुन व्यवसायिक संस्थाले कति राजस्व तिरेका छन् र राज्यकोषमा कसरी योगदान पु¥याएका छन् भनी जान्न पाउने नागरिकको अधिकार भएकाले भन्दै ग्रुपले कर तिरेको जानकारी दिएको  छ ।

 

Share News