द व्रिटिश कलेजको तेस्रो दीक्षान्तर समारोह सम्पन्न

  २०७४ असोज १ गते ११:५२     विकासन्युज

काठमाडौं । नेपालमा सञ्चालन भइरहेको द व्रिटिश कलेजको दिक्षान्तर समारोह सम्पन्न भएको छ । शुक्रबार राजधानीमा   उक्त समाराेह अायाेजना गरी  कलेजले २ सय १ विद्यार्थीलाई दिक्षित गरेको हो ।

बेलायतको युनिभर्सिटी दी वेस्ट अफ इङ्गल्याण्ड र लिड्स वेकेट युनिभर्सिटीको सम्बन्धमा २०११ देखि व्रिटिश कलेज नेपालमा सञ्चालन भइरहेको छ ।

दीक्षान्त समारोहमा द युनिभर्सिटी अफ दी वेस्ट अफ इङ्गल्याण्डको पाठ्यक्रममा बिबिए (हन्स) बिजनेश एण्ड म्यानेजमेन्टका ६ (जना विद्यार्थी र एमएसी इन्टरनेशनल बिजनेश म्यानेजमेन्टका २८ जना ग्राजुएटस भएका थिए । त्यसैगरि लिड्स बेक्केट युनिभर्सिटी अन्तर्गत बिएसी (हन्स) कम्युटिङका १०४ जना विद्यार्थीहरु दीक्षित भएको जानकारी जारी प्रेस विज्ञप्मिा उल्लेख छ ।

एक एमआइबिएम दीक्षित विद्यार्थी नितेन्द्र ढकालले आफ्नो अनुभव व्यक्त गरेका थिए । उनले आफ्नो परिवारले दिएको समर्थन र दृढतालाई आत्मसाथ गर्दै कलेजको अमुल्य पढाइ तथा अवसर दिएकोमा आफ्ना साथीहरुमा नयाँ आशा र प्रोत्साहन प्रदान गरेको बताए ।

उक्त कार्यक्रममा सिइओ राजन कडेलले कलेज र विद्यार्थीहरुप्रति सम्मान व्यक्त गरे । ‘यस संस्थाले नेपालमा रहेका विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय शिक्षाको पहुँच हुन सक्ने सपना साकार बनाइदिएको छ ।’ उनले भने ।

कार्यक्रमका प्रमुख अतिथि जोन एडवर्ड हलिस्टर मोन्टागुले द व्रिटिश कलेजमा अध्ययन गरेका विद्यार्थीले नेपालको विकासमा प्रशस्त योगदान गर्न सक्ने भन्दै विद्यार्थीको हौसला बढाएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.