नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा २३ प्रतिशतले बढ्यो, बैंकले कमायो ३ अर्ब १६ करोड

  २०७४ साउन ३० गते ८:५७     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षमा २३ दशमलव ८८ प्रतिशतले नाफा बढाउन सफल भएको छ ।

यो बैंकले गत वर्ष ३ अर्ब १६ करोड रुपैयाँ खुँद मुनाफा कमाएको छ । यो बैकको नाफा अघिल्लो वर्षको तुलनामा ६० करोड ९१ लाख रुपैयाँले बढी हो ।

यो बैंकले अघिल्लो वर्ष २ अर्ब ५५ करोड रुपैयाँ नाफा कमाएको थियो ।

यो बैंकले गत असारमसान्तसम्ममा १ खर्ब २५ अर्ब ६६ करोड रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब ६ अर्ब ६८ करोड रुपैयाँ कर्जा सापटी दिएको छ । यो बैंकले गत आवसम्ममा गरेको लगानी २५ अर्ब ६१ करोड रुपैयाँ छ । बैंकको सीसीडी रेसियो ७७ दशमलव ६३ प्रतिशत छ ।

यो बैंकको चुक्ता पुँजी ९ अर्ब २४ करोड रुपैयाँ छ । बैंकको जगेडा कोषमा ११ अर्ब ७८ करोड रुपैयाँ रहेको छ । यो बैंकको व्याज आम्दानी ९ अर्ब २४ करोड रुपैयाँ छ भने व्याजमार्फतको खर्च ४ अर्ब ४६ करोड रुपैयाँ रहेको पनि उल्लेख छ ।

यसको खराव कर्जा शून्य दशमलव ८३ प्रतिशत रहेको छ । यो बैंकको प्रति सेयर आम्दानी ३४ रुपैयाा २० पैसा रहेको छ । यसको प्रति सेयर नेटवर्थ २२७ रुपैयाँ ४९ पैसा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.