एक महिनामा एक खर्ब १९ अर्बले बढ्यो निक्षेप, कर्जा लगानी ४६ अर्बले वृद्धि

  २०७४ साउन १३ गते १५:१६     विकासन्युज

काठमाडौं । करिब एक महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा एक खर्ब १९ अर्बले निक्षेप बढेको छ । गत असार ९ गते १९ खर्ब ७९ अर्ब निक्षेप रहेको बैंक तथा वित्तीय संस्थामा साउन ६ गते आइपुग्दा निक्षेप बढेर २० खर्ब ९८ अर्ब पुगेको हो ।

सो अवधिमा कर्जा लगानी पनि ४६ अर्बले बढेको छ । गत असार ९ गतेसम्म १६ खर्ब ७५ अर्ब रहेको बैक तथा वित्तीय क्षेत्रहरूको कर्जा लगानी एक महिनाको अवधिमा बढेर १७ खर्ब २१ अर्ब पुगेको छ ।

पछिल्लो समय निक्षेप बढ्दै गएपछि कर्जा लगानीमा केही सहज भएपनि बैंकहरुले कर्जा लगानी र निक्षेप संकलन दुबैको ब्याजदर भने घटाएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.