उपत्यकामा सवारी चलाउँदा ख्याल गर्नुस, ट्राफिक सर्भिलेन्स भेइकलले समाउला

<p>काठमाडौं । उपत्यका भित्र सवारी चलाउँदै हुनुहुन्छ भने अब थप होसियार हुनुस् । ट्राफिक नियम उल्लघंन गर्दा तपाईलाई जुनसुकै बेला ट्राफिक सर्भिलेन्स भेइकलले समाउन सक्छ । किन की अब  उपत्यकाको सवारी व्यवस्थापनमा अत्याधुनिक प्रबिधी भित्रिन लागेको छ । महानगरिय ट्राफिक प्रहरी महाशाखाले २ करोड रुपैंयाँमा अत्याधुनिक ट्राफिक सर्भिलेन्स भेइकल ल्याउन लागेको हो । महानगरिय ट्राफिक [&hellip;]</p>

काठमाडौं । उपत्यका भित्र सवारी चलाउँदै हुनुहुन्छ भने अब थप होसियार हुनुस् । ट्राफिक नियम उल्लघंन गर्दा तपाईलाई जुनसुकै बेला ट्राफिक सर्भिलेन्स भेइकलले समाउन सक्छ । किन की अब  उपत्यकाको सवारी व्यवस्थापनमा अत्याधुनिक प्रबिधी भित्रिन लागेको छ ।

महानगरिय ट्राफिक प्रहरी महाशाखाले २ करोड रुपैंयाँमा अत्याधुनिक ट्राफिक सर्भिलेन्स भेइकल ल्याउन लागेको हो । महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता लोकेन्द्र मल्लका अनुसार एक साताभित्रै टाटा कम्पनीले निर्माण गरेका २ वटा ट्राफिक सर्भिलेन्स भेइकल ल्याइँदैछ ।

‘एक साताभित्रै २ वटा भ्यान आउँदैछन, भ्यानको टाउकोमा ३६० डिग्री घुम्ने अत्याधुनिक सिसिटीभी हुन्छ, जसले एक किलोमिटर टाढाको दृश्यलाई कैद गरेर ट्राफिक व्यवस्थापनमा सहयोग गर्छ’, प्रवक्ता मल्लले भने । माइक्रो भन्दा केहि ठुलो र मिनिबस भन्दा केहि सानो भ्यानमा पाँच÷सात जना ट्राफिक प्रहरी बसेर सवारी आवागमनको नियमन गर्नेछन् । भ्यान भित्रै सञ्चार सेट, कम्प्युटर, प्राथमिक उपचारका साधन सहित एयर कण्डिनरको सुबिधा पनि हुनेछ ।

अधिक मात्रामा ट्राफिक नियम उल्लघंन हुने उपत्यकाका बिभिन्न सडकमा यी भ्यानले गस्ती र निगरानी गर्नेछन् । दिगो शहरी विकास परियोजनाको २ करोड सहयोगमा महाशाखाले २ वटा आधुनिक भ्यान किनेर उपत्यकाको ट्राफिक व्यवस्थापनमा परिक्षण गर्न लागेको हो । यो परिक्षण सफल भएमा उपत्यका बाहिरका अन्य ठुला शहरहरुमा पनि विस्तार गरिने प्रवक्ता मल्लले बताए ।

हालसम्म भने ट्राफिक कन्ट्रोल रुमबाटै राजधानीको ट्राफिक व्यवस्थापनको अनुगमन हुँदै आएको थियो ।

Share News