कुल गार्हस्थ्य उत्पादनमा रियल स्टेटको योगदान ६० अर्ब ३९ करोड, निर्माण क्षेत्रको ४५ अर्ब ६७ करोड

  २०७४ वैशाख १४ गते १२:५०     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ्य उत्पादन(जीडीपी) मा रियल स्टेट तथा व्यावसायित सेवाबाट ६० अर्ब ३९ करोड योगदान पुग्ने अनुमान गरिएको छ । सहरी क्षेत्रमा घरजग्गाको कारोबारमा भएको बढोत्तरी तथा व्यावसायिक कारोबारमा आएको बृद्धिका कारण जीडीपीमा यसको योगदान बढ्ने देखिएको हो ।

कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रको योगदान ९ दशमलव ९ प्रतिशत पुग्ने अनुमान गरिएको छ । घरजग्गा कारोबारमा आएको बृद्धिका कारण गएको वर्षभन्दा यस वर्ष यो क्षेत्रको जीडीपीमा ३ अर्ब २ करोडले योगदान बढेको छ ।  गएको वर्ष जीडीपीमा घरजग्गा तथा व्यवसायिक क्षेत्रबाट ५७ अर्ब ३७ करोड योगदान पुगेको थियो । बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर भएपनि जग्गाको कारोबार गर्ने बढेपछि जीडीपीमा यस क्षेत्रको योगदान पनि बढेको हो ।

साथै भूकम्प र नाकाबन्दी पछि नवनिर्माण तथा पूर्वाधारका क्षेत्रमा राज्य तथा सरकारका क्षेत्रबाट ठूलो लगानी हुँदा एक वर्षमा पौने पाँच अर्बले बढेको छ । जीडीपीमा यस क्षेत्रको योगदान ७ दशमलव १८ प्रतिशत रहने अनुमान विभागले गरेको छ । गएको वर्षमा यस क्षेत्रको जीडीपीमा ४० अर्ब ९० को योगदान रहेकोमा यस वर्ष ४५ अर्ब ६७ करोड पुगेको छ । यस क्षेत्रको उत्पादनमा  बढ्नुमा निर्माण तथा पुनर्निर्माणका कामहरूले गति लिनु, मेलम्ची खानेपानी, माथिल्लो तामाकोशी, बबई, रानी जमरा कुलेरियाजस्ता ठूला आयोजनामा निर्माण कार्यको काम तदारुक्ताको साथ अघि रहेको भएको केन्द्रीय तथ्यांक विभागका निर्देशक डा. जिष्णुमोहन भट्टराईले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.