यसरी सम्भव हुन्छ धितोपत्र बजारमा दैनिक २ अर्बको कारोबार

<p>काठमाडौं । सरकारले धितोपत्र बजारलाई बढाएर दैनिक दुई अर्बको पुर्याउने रणनीति बनाएको छ । अहिले दैनिक २०/२५ लाखको कारोबार भैरहेको धितोपत्र बजारलाई सो अवस्थामा पुर्याउन सबैभन्दा पहिला अनलाइन व्यापार शुरु गरिनु पर्ने सम्बन्ध क्षेत्रका विज्ञहरूले बताएका छन् । अनलाइन व्यापारका लागि नेपाल स्टक एक्स्चेञ्जले कार्य सम्पादन अघि बढाएको छ । तर, अहिलेसम्म त्यस्तो प्रकारको व्यापार [&hellip;]</p>

काठमाडौं । सरकारले धितोपत्र बजारलाई बढाएर दैनिक दुई अर्बको पुर्याउने रणनीति बनाएको छ । अहिले दैनिक २०/२५ लाखको कारोबार भैरहेको धितोपत्र बजारलाई सो अवस्थामा पुर्याउन सबैभन्दा पहिला अनलाइन व्यापार शुरु गरिनु पर्ने सम्बन्ध क्षेत्रका विज्ञहरूले बताएका छन् । अनलाइन व्यापारका लागि नेपाल स्टक एक्स्चेञ्जले कार्य सम्पादन अघि बढाएको छ । तर, अहिलेसम्म त्यस्तो प्रकारको व्यापार भने शुरु हुन सकिरहेको छैन । अहिले भइरहेको ट्रेडिङ प्रणालीलाई विकास गरेर अन्तर्राष्ट्रियस्तरको बनाउनु पर्ने देखिएको छ ।

नयाँ व्यवस्था अनुसार अब आप्रवासी नेपालीहरूले पनि यस क्षेत्रमा लगानी गर्न पाउने भएका छन् । जतिसक्दो चाँडो एनआरएनको लगानीलाई भित्र्याउन सरकारले पहल कदमी चाल्नु पर्ने नेपाल ब्रोकर संघका पूर्व अध्यक्ष अञ्जनराज पौडेलले बताए । यस साथै विभिन्न क्षेत्रका कम्पनीलाई धितोपत्र बजारमा प्रवेश गर्न दवाव दिनुपर्ने उनको सल्लाह छ । अहिलेनै अनलाइन ट्रेडिङ गर्न नसकेपनि इमेलबाट आएको अडरलाई ट्रेडिङसम्म ट्रासफर गर्ने प्रणाली लागू गर्न सकेमात्र पनि बजार बढ्ने तथा विस्तार हुने गर्दछ ।

देशमा ठूला लगानीका अस्पतालहरु, सिमेण्ट उद्योगलगायत हिमालय डिष्टिलरी, सूर्य नेपाल जस्ता ठूला कम्पनी सबै ठूला होटल अन्य कम्पनीलाई सेयर बजार ल्याउन सके अहिले भइरहेको कारोबार बढ्ने उनको भनाइ छ । ठूला औद्योगिक घरानाहरू सेयर बजारमा प्रवेश नै नगरेका धेरै उदाहरण हामीसँग छन् । ‘डिम्याट प्रणाली आइसकेपछि देशभरि व्यवसाय विस्तार गर्न सहज र सरल भएको छ ,’ उनले भने ‘शाखा पुगेपछि व्यवसाय गरिरहेकोले पनि यसमा लगानी गर्न सकिने भएकोले यसको आकर्षण अझ बढ्छ ।’ यो व्यवसायमा हात राख्नको लागि अन्य गरिरहेको व्यवसायलाई छाड्नु पर्दैन, सँगसँगै लैजान सकिन्छ ’ उनले भने ।

साथै बजारलाई विस्तार तथा आकार ठूला बनाउन मार्केट मेकरका रुपमा संस्थागत लगानी आउनु पर्ने उनको भनाइ छ । ‘कम्तिमा पनि बजारको आँकार बढाउनका लागि दुई/तीन वटा मार्केट मेकर थपिनु पर्छ, बजारको आकार त्यतिकै बढ्दै जान्छ,’ पौडेलले भने ।

बजारको आँकार बढाउने उपाय:
व्यवसायलाई विस्तार गरेर देशभरि पुर्याउनु पर्ने
अनलाइन व्यापार बजारलाई एकिकृत गर्ने सफ्टवेयरको नेपाल भित्र्याउनु पर्ने
आप्रवासीलाई लगानी गर्ने वातावरण तयार पारिदिनु पर्ने
मार्केट मेकरको रुपमा संस्थागत लगानी ल्याउनु पर्ने
सबै उद्योग तथा व्यवसायलाई धितोपत्र बजारमा समावेश गराउनु पर्ने

Share News