अब नेपालमै मोवाइल उत्पादन हुने, लेमन ब्राण्डको मोवाइलको प्लान्ट चितवनमा राख्ने तयारी

<p>काठमाडौं, २९ मंसिर। अब नेपालमै मोवाइस सेटको उत्पादन हुने भएको छ। भारतीय मोबाइल उत्पादक कम्पनी फास्टट्रयाक कम्युनिकेसनले नेपाली व्यवसायीसँग सहकार्य गरेर मोबाइल सेट उत्पादन गर्ने भएको हो। फासट्रयाकले नेपाली कम्पनी प्रभु मोबाइल प्रालिसँग चितवनमा प्लान्ट स्थापना गरेर मोवाइलउत्पादन गर्ने सम्झौता गरेको छ । सम्झौतापत्रमा प्रभुका तर्फबाट प्रबन्ध निर्देशक अर्जुन शर्मा र फास्टट्रयाकका तर्फबाट कम्पनीका निर्देशक योगेश चौगले [&hellip;]</p>

काठमाडौं, २९ मंसिर। अब नेपालमै मोवाइस सेटको उत्पादन हुने भएको छ। भारतीय मोबाइल उत्पादक कम्पनी फास्टट्रयाक कम्युनिकेसनले नेपाली व्यवसायीसँग सहकार्य गरेर मोबाइल सेट उत्पादन गर्ने भएको हो।

फासट्रयाकले नेपाली कम्पनी प्रभु मोबाइल प्रालिसँग चितवनमा प्लान्ट स्थापना गरेर मोवाइलउत्पादन गर्ने सम्झौता गरेको छ । सम्झौतापत्रमा प्रभुका तर्फबाट प्रबन्ध निर्देशक अर्जुन शर्मा र फास्टट्रयाकका तर्फबाट कम्पनीका निर्देशक योगेश चौगले हस्ताक्षर गरेका छन् । चौगले आउँदो एक वर्षभित्रमा नेपालमा मोबाइल सेट उत्पादन कम्पनी स्थापना गरिसक्ने बताए ।

Image result for lemon mobile

काठमाडौँ वा चितवनमध्ये एक ठाउँमा उद्योग स्थापनाका लागि अध्ययन भइरहेको शर्माले बताए । सन् २००८ बाट भारतको उत्तरप्रदेश स्थित ग्रेटर नोयडाबाट कम्पनीले लेमन ब्राण्डको मोबाइल सेट उत्पादन गर्दै आएको छ । कम्पनीले अहिले २८ मोडलका मोबाइल उत्पादन गर्दै आएकामा १६ वटा मोडल नेपाली बजारमा बिक्री वितरण भइरहेको चौगले बताए ।

नेपालीले नेपाली उत्पादन मन पराएको आफूले पाएको भन्दै उनले नेपालीकै रोजाइ अनुसार उद्योग स्थापना गर्न लागिएको बताए । लेमन मोबाइल नेपाली बजारमा अहिले मासिक ३० हजार वटा बिक्री वितरण भइरहेको भन्दै चौगले यहाँको कानुन अनुसार नेपाली लगानीकर्तालाई कम्पनीमा समावेश गर्ने बताए ।

प्रभु मोबाइल प्रालिका निर्देशक केशव लामिछानेले नेपालमा पहिलो पटक फास्टट्रयाकसँग मिलेर मोबाइल सेट उत्पादन गर्न लागेको बताए। ‘लागत कति लाग्छ एकिन नभए पनि आवश्यक मात्रामा लगानी गर्न यो समूह तयार छ’ उनले भने । कम्पनीले पाँच वटा नयाँ मोबाइल सेट नेपाली बजारमा ल्याएको छ।

लेमन कम्पनीको मोबाइलको मूल्य बजारमा आठ सयदेखि तीन हजार तीन सयसम्म पर्छ । नेपालमै यसको उत्पादन हुनसके मूल्य अझै घटाउन सकिने निर्देशक लामिछानेको भनाइ छ ।

Share News