सेयर बजारमा आएको उतारचढाव सामान्य हो: गभर्नर डा.नेपाल

  २०७३ मंसिर १५ गते १५:०७     विकासन्युज

nepalकाठमाडौं, १५ मंसिर । नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरन्जीवी नेपालले सेयर बजारको उचारचढाव सामान्य भएको बताएका छन् । नेपाल धितोपत्र बोर्डका पूर्व अध्यक्ष समेत रहेका गभर्नर नेपालले बजार घट्नु र बढ्नु सामान्य रहेको बताउँदै त्यसलाई ठूलो रुपमा नलिन आग्रह गरे ।

नेपाल आर्थिक पत्रकार समाजको १९ औ स्थापना दिवसको अवसरमा बोल्दै गभर्नर नेपालले सेयर बजार विश्वव्यापी रुपमा घटबढ हुने भन्दै यसलाई दीर्घकालिन लगानीको रुपमा हेरिनुपर्ने बताए । उनले सेयर बजारमा सवैभन्दा बढी हिस्सा बैंक तथा वित्तिय संस्थाको रहेकोले राष्ट्र बैंकले नजिकबाट नियाली रहेको पनि दावी गरे ।

‘पुँजी बजार भनेको छरिएर रहेको पैसा एकीकृत गर्ने हो । सेयरबजारमा जम्मा भएको पैसा पनि कुनै न कुनै संस्थाले कुनै स्थानमा लगानी गरिहेको हुन्छ गभर्नर,’ नेपालले भने । ‘बाणिज्य बैंकहरुको पुँजी आठ अर्व बनाउँदा ठूलो हाउगुजी थियो अहिले तिनै मानिसहरु पुँजी १६ अर्व पुर्याउनुपर्ने, १२ अर्व पुर्याउनुपर्ने भन्दै हिडेका छन्’ उनले भने । बाणिज्य बैंकहरुको पुँजी आठ अर्व बनाउँदा पनि नेपाली जनताले नै आफ्नो पैसा हालेको उनले स्पष्ट पारे ।

सोही अवसरमा गभर्नर डा.नेपालले भारतीय ५०० र एक हजार रुपैयाँको विषयमा दैनिकजसो रिजर्भ बैंक अफ इन्डिया र भारतीय राजदुतसँग आफ्नो कुराकानी भइरहेको बताए । उनले भने –‘ हाम्रो प्रधानमन्त्री र अर्थमन्त्रीले भारतीय समकक्षीसँग दुईपटक कुराकानी गरिसक्नु भएको छ यसबारे भारत सकारात्मक रहेको छ । त्यसैले ५०० र एक हजार दरका नोट साटिने व्यवस्था अव छिट्टै हुन्छ ।’

त्यस्तै उनले रेमिट्यान्सको बृद्धिदर घट्दो रहेको जनाउँदै आयातमा निर्भर राजस्व र रेमिट्यान्सको भरमा राज्य सञ्चालन हुदा ठूलो दुर्घटना हुन सक्ने पनि बताए । उनले आन्तरिक रुपमा उत्पादन बढाउनका लागि राष्ट्र बैंकले व्यवसायीलाई कर्जा सहजीकरण गरिएको पनि दावी गरे ।_boj1156

त्यस्तै कार्यक्रममा उपराष्ट्रपति नन्द बहादुर पुनले देशको व्यापार घाटा चुलिदो रहेको बताए । उनले भने –‘हामीले गतवर्ष ८ अर्बको तरकारी र २३ अर्बको चामल छिमेकी मुलूकबाट आयात गरेछौँ । कृषिको लागि उर्बर भूमीमा बसिरहेका हामी नेपालीले यति ठूलो मात्रामा कृषिजन्य वस्तु आयात गर्नु हाम्रो लागि लज्जाको विषय नै हो । आयात वृद्धि भएर व्यापार घाटा उच्च हुनु द्रुत आर्थिक विकास खोजीरहेका हाम्रो लागि चुनौतीको विषय पक्कै हो । तर, हामी आत्तिनुपर्ने अवस्था मैले देखेको छैन ।

’ सोही कार्यक्रममा उर्जामन्त्री जनार्दन शर्माले अव देश आर्थिक विकासमा लाग्नु पर्ने बताए । सो कार्यक्रममा सेजनद्धारा प्रकाशित गरिएको अर्थनीति पनि सार्वजनिक गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.