काठमाडौं । काई इलेक्ट्रिक सवारीसाधनहरूको नेपालका लागि अधिकृत वितरक जीओ अटोमोबाइल्स प्रालि र लक्ष्मी ई-मोबिलिटीले ‘काई बबाल अफर’ घोषणा गरेका छन् ।
यो अफरमा काई एक्स थ्री प्रो ईभी फ्ल्यागशिप टप भेरियन्टमा छुट र आकर्षक सुविधा दिइएको छ ।
काई एक्स थ्री प्रो ईभी फ्ल्यागशिप टप भेरियन्टको मूल्य ४८ लाख ९६ हजार रुपैयाँबाट घटाएर केवल ३९ लाख ९६ हजारमा उपलब्ध गराइँदैछ ।
साथै ग्राहकले ७।३ किलोवाटको चार्जर, ८ वर्षको वारेन्टी, ६ वर्षको सर्भिस र
स्पेयर टायर पाउनेछन् ।
यो विशेष अफर नाइमा मोबिलिटी एक्स्पो अवधिभर मात्र लागू हुनेछ ।
काई एक्स थ्री प्रोको अफर नाइमा मोबिलिटी एक्स्पो र काठमाडौंको नक्साल, थापाथली, बिर्तामोड, नेपालगञ्ज, धनगढी, दाङ, भैरहवा, हेटौडा, भरतपुर, पोखरा, विराटनगर र वीरगञ्ज लगायतका प्रमुख सहरका अधिकृत शोरुमहरू मा उपलब्ध हुनेछ ।