नयाँ रेकर्ड बनाएको पछिल्लो दिनमै घट्यो नेप्से

  २०२६ पौष १७ गते ५:३०       विकासन्युज

काठमाडौं । आज (सोमबार) सेयर बजार ८.२४ अंकले घटेको छ । आइतबार उच्च कारोबार बनाएर नयाँ रेकर्ड नै रचेको पछिल्लाे दिनमै नेप्सेमा ८.२४ अंकको गिरावट आएर नेप्से परिसूचक ३०५०.४३ अंकमा सीमित भएको हो ।

सोमबार ३ करोड ७० लाख ६१ हजार ४ सय ४७ कित्ता सेयर खरिद बिक्रीबाट १४ अर्ब १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । हिजो १४ अर्ब २३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

आइतबार नेप्से परिसूचक ५४.३१ अंकले बढेर ३०५८.६४ बिन्दुमा पुगेको थियो । जुन पछिल्लो कारोबारको तुलनामा १.८१ प्रतिशतले बढी हो भने हालसम्मकै दैनिक क्लोजिङ्को ऐतिहासिक बिन्दु थियो ।