नेप्सेमा रेकर्ड कायमै, ७ अर्ब माथिको कारोबार हुँदा सबैभन्दा बढी अपर तामाकोशीको

  २०७७ चैत्र २३ गते ३:४६       विकासन्युज

काठमाडौं । सेयर बजारमा रेकर्ड कायमै रहेको छ । सामान्य अंकले बढेको सोमबारको नेप्से परिसूचकले नयाँ इतिहास राख्न सफल भएको हो ।

यसअघि गत आइतबार(चैत २२ गते) मात्रै नेप्से परिसूचक २६५७.३१ बिन्दुमा पुगेको थियो । सोमबारको परिसूचक १.१३ अंकले बढेर २६५८.७४ बिन्दुमा पुगेको छ । जुन नेपाली इतिहासमै हालसम्मकै उच्च बिन्दु हो ।

आइतबारको तुलनामा सोमबारको कारोबार रकम भने घटेको छ । आइतबार ९ अर्ब माथिको सेयर कारोबार भएको बजारमा सोमबार ७ अर्ब २९ करोड रुपैयाँ बराबरको मात्रै सेयर किनबेच भएको छ ।

सो दिन २१२ कम्पनीको १ करोड ५८ लाख ५३ हजार ९९३ कित्ता सेयर किनबेच भएको हो । जसमध्ये अपर तामाकोशीको सबैभन्दा बढी अर्थात ३४ करोड ७५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ९०८ रुपैयाँ रहेको छ ।

बजारमा ४ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको ९.९९ प्रतिशतले सेयर मूल्य बढेर प्रतिकित्ता १०५७ रुपैयाँ पुगेको छ । राधी विद्युतको ९.९८ प्रतिशत, वोमी लघुवित्तको ९.९५ प्रतिशत र सानिमा जनरल इन्स्योरेन्सको सेयर मूल्इ ९.७७ प्रतिशतले बढेको छ ।

बजारमा सबैभन्दा बढी गुराँस फाइनान्सको सेयर मूल्य ३.१४ प्रतिशतले घटेर प्रतिकित्ता ४८९ रुपैयाँमा झरेको छ ।
आइतबार उच्च अंकले बढेको निर्जीवन बीमा समूह सोमबार उच्च अंक १४ हजार १३६ अंकले घटेको छ । त्यस्तै, जीवन बीमा ३८.९६ अंकले घटेको छ ।

आइतबार नयाँ रेकर्ड राखेको परिसूचकले

सोमबारको बजारमा उतारचढाव देखिएको छ । कारोबार शुरु भएको केही समयमै घटेर २६४० बिन्दुमा पुगेको परिसूचक बजार बन्दु हुँदा २६५८ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुनलानामा १.१३ अंक अर्थात ०.०४ प्रतिशलते बढी हो ।