नेप्से ४३ अंकले बढ्दा चार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

  २०७७ चैत्र १८ गते ४:३९       विकासन्युज

काठमाडौं । बुधबारको नेप्से परिसूचक ४३.३६ अंकले उकालो लागेको छ । जुन अघिल्लो दिनको तुलनामा १.६८ प्रतिशतले बढेर २६१९.०२ बिन्दुमा पुगेको हो ।

त्यस्तै, ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ७.४८ अंकले बढेर ४६३.५९ बिन्दुमा पुगेको छ ।

मंगलबारको तुलनामा नेप्से परिसूचकमा सुधार देखिए पनि कारोबार रकममा भने गिरावट देखिएको छ । ४ बजेसम्म कारोबार भएको बजारमा २०९ कम्पनीको ६ अर्ब १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा २ करोड रुपैयाँले कम हो । मंगलबारको बजारमा ६ अर्ब १८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

सबैभन्दा बढी हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको उच्च कारोबार भएको छ । कम्पनीको एकैदिन ३६ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको अन्तिम कारोबार प्रतिकित्ता ४७० रुपैयाँमा भएको हो ।

बजारमा चार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमध्ये सबैभन्दा बढी महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता ६६२ रुपैयाँ पुगेको छ । त्यस्तै, अजोड इन्स्योरेन्स र वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य ९.९६/९.९६ प्रतिशतले र सानिमा जनरल इन्स्योरेन्सको सेयर मूल्य ९.९२ प्रतिशतले बढेर सर्किट लेभलमा कारोबार भएको छ ।

सबैभन्दा बढी रैराङ्ग हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य ३.२९ प्रतिशतले घटेको छ ।