नेप्सेको उचाई कायमैः प्रभु बैंककाे सबैभन्दा बढी काराेबार, यी कम्पनीकाे सेयर मूल्यमा उछाल

  २०७७ माघ ५ गते ३:१८       विकासन्युज

काठमाडौं । सोमबार पनि नेप्सेको उचाई कायमै रहेको छ । अघिल्लो सातादेखि निरन्तर नयाँ उचाई चुमेको नेप्से परिसूचक आज पनि नयाँ उचाईमा पुग्न सफल भएको छ ।

सोमबारको बजारमा परिसूचक १७.३१ अंकले बढेर २३३२ बिन्दुमा पुगेको छ । जुन हालसम्मकै उच्च बिन्दु हो भने अघिल्लो दिनको तुलनामा ०.७५ प्रतिशत बढी हो ।

बजारमा कूल ६ अर्ब ३१ करोडको सेयर कारोबार भएको छ । सो दिन २०७ कम्पनीको १ करोड ५४ लाख ९६ हजार ७१४ कित्ता सेयर किनबेच भएको छ ।

जसमध्ये प्रभु बैंकको सबैभन्दा बढी सेयर कारोबार भएको छ । बैंकको एकैदिन ३३ करोड ४६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो । जसको सेयर मूल्य प्रतिकित्ता ४४६ रुपैयाँ रहेको छ ।

बजारमा १८ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । जसमध्ये १६ कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । सबैभन्दा बढी सिभिल लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ । संस्थाको सेयर ८८ रुपैयाँले बढेर प्रतिकित्ता ९६८ रुपैयाँ पुगेको छ ।

बढी कमाउनेकाे अग्रस्थानमा रहेका कम्पनीहरू