नेप्से सामान्य अंकले बढ्दा ३ अर्ब माथिको कारोबार, सबैभन्दा बढी सोल्टी होटलको

  २०७७ असोज ११ गते ४:१२       विकासन्युज

काठमाडौं । आइतबारको नेप्से परिसूचक सामान्य अंकले उकालो लागेको छ । उतारचढाव देखिएको बजारमा नेप्से परिसूचक ४.२५ अंकले बढेर १५६५.५५ अंकमा पुगेको छ ।

सामान्य अंकले बढेको बजारमा तीन अर्ब माथिको सेयर कारोबार भएको छ । सो दिन १९१ कम्पनीको एक करोढ ९९ लाख ७२ हजार ३ सय ११ कित्ता सेयर ३ अर्ब १३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

जसध्ये सबैभन्दा बढी सोल्टी होटलको सेयर किनबेच भएको छ । कम्पनीको एकैदिन ४८ करोड रूपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता १९० रुपैयाँ रहेको छ ।

बजारमा सबैभन्दा बढी होटल समूह उकालो लागका छन् भने जीवन बीमा समूह सबैभन्दा बढी अंकले ओरालो लागेका छन् ।

आइतबार ९ कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले बढेको छ । जसमध्ये अधिकांश जलविद्युत कम्पनी रहेका छन् ।