सेयर बजारमा करेक्सन हुँदा दुई अर्ब ६३ करोडकाे काराेबार, अधिकांश समूह राताम्मे

  २०७७ असोज ५ गते ४:२१       विकासन्युज

काठमाडाैं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज(असोज ५ गते) ६.१२ बिन्दुले ओरालो लागेको छ । लगातार उकालो लाग्दै आएको बजार आज थामिएर परिसूचक एक हजार ५६९.०६ मा पुगेको छ ।

कारोवारका आधारमा आज नेपाल बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको २१ करोड ३८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै नेपाल पुर्नबीमा कम्पनी १४ करोड ९० लाख रुपैयाँ, रिलायन्स लाइफ इन्स्योरेन्स १२ करोड ९८ लाख रुपैयाँ, छिमेक लघुवित्तको सात करोड १९ लाख रुपैयाँ र शिखर इन्स्योरेन्स कम्पनीको छ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

सेयर मूल्यको आधारमा युनाइटेड फाइनान्स १०, नेशनल हाइड्रोपावर कम्पनी ५, पञ्चकन्या माई हाइड्रोपावर ४.८१, सिन्धु विकास बैंक ३.७६ र नाडेप लघुवित्तका लगानीकर्ताले ३.६१ प्रतिशतले कमाए । यस्तै लिवर्टी इनर्जी १०, रैराङ हाइड्रोपावर ९.८०, घलेम्दी हाइड्रो ९.५२, माउण्टेन हाइड्रो ७.८९ र प्रोगेसिभ फाइनान्सका लगानीकर्ताले ६.६१ प्रतिशतले गुमाए ।

यस्तै सेन्सेटिभ परिसूचक १.३८ ले ओरालो लागेर ३१२.२४ मा पुगेको छ । कूल १९५ कम्पनीको ८५ लाख ६५ हजार ७८ कित्ता सेयर दुई अर्ब ६३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएको कूल १२ उपसमूहमध्ये आज उत्पादन उपसमूहको मात्रै सेयर उकालो लागेको छ । सो उपसमूह १२.२३ ले उकालो लाग्दा बैंकिङ ४.३२, व्यापार १०.९९, होटल ३२.६१, विकास बैंक ११.५, जलविद्युत् ५.८८, वित्त ९.४३, निर्जीवन बीमा ५४.९८, अन्य १.४३, लघुवित्त ७.३८, जवन बीमा ६७.८५ र सामूहिक लगानी कोष ०.११ बिन्दुले ओरालो लागेका छन् ।