टीएमएसको समस्या समाधान, सेयर कारोबार पुनः शुरु, कति बजेसम्म खुल्छ बजार ?

  २०२६ पौष १७ गते ५:३०       विकासन्युज

काठमाडौं । नेप्सेको टीएमएस प्रणालीमा देखिएको समस्या समाधान भएको छ । आइतबार बजार खुलेको केही समयमै उक्त प्रणालीमा समस्या देखिएपछि बन्द भएको बजार अपरान्ह सवा २ बजेदेखि पुनः कारोबार सुचारु भएको छ ।

यससँगै आइतबारको बजार साँझ सवा ५ बजेसम्म सेयर कारोबार खुल्ला हुने नेप्सेले जानकारी गराएको छ । लगानीकर्ताले आज साे अवधिसम्म सेयर किनबेच गर्न पाउने छन् ।