सनराइज फर्स्ट म्युचुअल फण्डको प्रतिफल घोषणा

  २०७७ भाद्र २८ गते १:०४       विकासन्युज

काठमाडौं । सनराइज क्यापिटलबाट व्यवस्थापन गरिएको सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाको इकाइधनीलाई ७ प्रतिशत प्रतिफल दिने घोषणा गरेको छ ।

क्यापिटलको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि सनराइज फर्स्ट म्युचुअल फण्डका इकाइधनीलाई कर सहित सो मात्रा अर्थात ६ करोड २ लाख रुपैयाँ बराबरको प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।

उक्त बैठक गत भदौ २५ गते बसेको थियो ।