आज पनि टीएमएसमा समस्या, सेयर कारोबार रोकियो

  २०७७ भाद्र २८ गते ११:३९       विकासन्युज

काठमाडौं । आइतबार कारोबार शुरु भएको केही समयमै टीएमएसमा समस्या आएको छ । बिहीबार पनि समस्या देखिएको उक्त टीएमएसमा आइतबार पनि पुनः उही समस्या देखिएको हो ।

उक्त प्रणालीमा समस्या देखिएसँगै केही समयको लागि सेयर कारोबार रोकिएको छ ।