आरम्भ चौतारी लघुवित्तको सेयर सूचीकृत, भोलिदेखि किनेबेच गर्न पाइने, प्रतिकित्ता कति ?

  २०७७ श्रावण १३ गते १:३९       विकासन्युज


काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको २६ लाख ३४ हजार ४ सय ८० कित्ता सेयर सूचीकृत भएको छ । साविकको आरम्भ लघुवित्त वित्तीय संस्था र चौतारी लघुवित्त वित्तीय संस्थालाई मर्ज गरेपश्चात संस्थाको सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको हो ।

संस्थाको उक्त सेयर मंगलबार(साउन १३ गते) सूचीकृत भएको छ । यससँगै, बुधबार(साउन १४ गते)देखि कम्पनीको सेयर दोश्रो बजारमा कारोबार गर्न पाइने भएको छ । पहिलो कारोबारको लागि नेप्सेले प्रतिकित्ता ४ सय ४८ रुपैयाँमा किनबेच हुने संस्थाले जनाएको छ ।