१७ अंकले घटेको बजारमा साढे एक अर्बको कारोबार, तीन कम्पनीको सेयरमा लाग्यो सर्किट

  २०७७ श्रावण ७ गते ३:२१       विकासन्युज

काठमाडौं । बुधबारको सेयर बजार १७.५० अंकले घटेको छ । कोरोबार खुलेको केहि समय उतारचढाव देखिएको बजार त्यसपछि निरन्तर घटेर १४३२ अंकमा झरेको छ । जुन मंगलबारको तुलनामा १.२१ प्रतिशतले घटी हो ।

दोहोरो अंकले घटेको बजारमा साँढे एक अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा एक सय ८३ कम्पनीको ३५ लाख ८६ हजार कित्ता सेयर एक अर्ब ५३ करोड २५ लाख ११ हजार ७ सय १६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

सो दिन कारोबारमा आएका दुई समूहबाहेक बाँकी समूह राताम्मे देखिएका छन् । सबैभन्दा बढी जीवन बीमा समूह ७१ अंकले घटेको छ । होटल र म्युचअल फण्ड समूह क्रमशः १३४ र ०.०७ अंकले उकालो लागेको छ ।

बुधबार तीन कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । ओरियन्टल होटलको मूल्य १० प्रतिशत, तारागाँउ रिजेन्सी होटलको ९.९५ प्रतिशत र सोल्टी होटलको सेयर मूल्य ९.४९ प्रतिशतले बढेको छ ।