मिथिला लघुवित्तको एक लाख कित्ता संस्थापक सेयर साधारणमा परिणत, कसको स्वामित्व कति ?

  २०७७ श्रावण ७ गते १०:३०       विकासन्युज

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाको एक लाख ५ हजार ८ सय ६१ कित्ता संस्थापक(प्रमोटर) सेयर साधारण सेयरमा परिणत भएको छ । मंगलबार मात्रै बैंकको सो मात्राको सेयर साधारणमा परिणत भएको हो ।

उक्त सेयर संरचना परिवर्तन भएसँगै बैंकमा संस्थापकको ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत स्वामित्व हुने छ ।