पाँच कम्पनीको साढे ३७ लाख कित्ता बोनस सेयर सूचीकृत

  २०७७ श्रावण ६ गते ११:००       विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा विभिन्न ५ कम्पनीको कूल ३७ लाख ५० हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ । दुई दिनको अवधिमा सो मात्राकोे बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

आइतबार ४ कम्पनी र सोमबार एक कम्पनीको गरी पाँच कम्पनीको बोनस नेप्सेमा थपिएको हो । आइतबार मात्रै किसान माइक्रोफाइनान्स वित्तीय संस्था, आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था, चौतारी लघुवित्त वित्तीय संस्था र अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको र सोमबार देवः विकास बैंकको २७ लाख १६ हजार ४ सय २१ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

जसमध्ये किसान माइक्रोफाइनान्सको २३.९५ प्रतिशत अर्थात २ लाख ५ हजार ९ सय ९२ कित्ता बोनस सेयर नेप्सेमा थपिएको छ ।

आरम्भ माइक्रोफाइनान्सको ७.३८ प्रतिशत अर्थात ४४ हजार २ सय ८० कित्ता र चौतारी लघुवित्त वित्तीय संस्थाको एक लाख ३० हजार २ सय कित्ता (७ प्रतिशत) बोनस सूचीकृत भएको छ ।

अरुण भ्याली हाइड्रोपावरको ७ प्रतिशत अर्थात ६ लाख ५३ हजार एक सय ९ कित्ता बोनस थपिएको छ ।

त्यसैगरी, देवः विकास बैंकको २७ लाख १६ हजार ४ सय २१ कित्ता (८.५५ प्रतिशत) बोनस नेप्सेमा सूचीकृत भएको हो ।

यससँगै यी सबै कम्पनीको सेयर दोश्रो बजारमा किनबेच गर्न पाइने भएको छ ।