छिमेक लघुवित्तको २७ प्रतिशत बोनस सेयर सूचीकृत

  २०७७ आषाढ़ ३१ गते ९:०७       विकासन्युज

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाको २७.११८६ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । मंगलबार मात्रै संस्थाको सो मात्रा अर्थात ३२ लाख कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको हो ।

केन्द्रिय कार्यालय काठमाडौंमा रहेको यस संस्थाको हालसम्म एक करोड ५० लाख एक सय ६० कित्ता सेयर नेप्सेमा सूचीकृत छ । संस्थाको सेयर मूल्य प्रतिकित्ता एक हजार एक सय १६ रुपैयाँ र बजार पुँजीकरण १६ अर्ब ७४ करोड एक लाख ७८ हजार ५ सय ६० रुपैयाँ रहेको छ ।