एनएलजी इन्स्योरेन्सले ६० प्रतिशत हकप्रद जारी गर्दै, फागुन २२ गतेदेखि बिक्री खुला

  २०७६ फाल्गुन ४ गते २:२४       विकासन्युज


काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले चुक्ता पुँजीकाे ६० प्रतिशत अर्थात ३८ करोड ४० लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले आगामी फागुन २२ गतेबाट सो मात्राको सेयर बिक्री गर्न लागेको हो ।

इन्स्योरेन्सले प्रतिकित्ता १०० रूपैयाँ दरको ३८ लाख ४० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले चैत १२ गतेसम्म हकप्रद निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट मार्फत सो मात्राको हकप्रद बिक्री गर्नेछ ।

हाल कम्पनीको चुक्ता पुँजी ६४ करोड ४ लाख रूपैयाँ छ । जसको ६० प्रतिशत अर्थात सो मात्राको हकप्रद पछि कम्पनीको चुक्रा पुँजी एक अर्ब रुपैयाँ नाघ्ने छ ।