बिहीबारदेखि दुई संस्थाको सेयर कारोबार रोक्का, यस्तो छ कारण

  २०७६ माघ ९ गते १२:५५       विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत दुई संस्थाको सेयर कारोबार रोक्का भएको छ । सिर्जना फाइनान्स र महुली लघुवित्त वित्तीय संस्थाको माघ ९ गते बिहीबारदेखि सेयर कारोबार बन्द भएको हो ।

सनराइज बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने भएसँगै सिर्जना फाइनान्सको सेयर कारोबार रोकिएको हो । यी दुई संस्थाबीच माघ ८ गते बुधबार प्राप्ती(एक्विजिशन) गर्ने सम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको हो । अब उक्त प्राप्ती सम्बन्धी प्रकृया नसकेसम्मको लागि सिर्जना फाइनान्सको सेयर कारोबार बन्द हुने नेप्सेले जनाएको छ ।

त्यस्तै, महुली लघुवित्त वित्तीय संस्था र नवकिरण लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने प्रयोजनको लागि महुली लघुवित्तको कारोबार रोक्का भएको हो । यी दुई संस्था एक आपसमा गाभिने सम्बन्धि पत्रमा हस्ताक्षर भइसकेको छ । त्यसैले उक्त मर्जर सम्बन्धि प्रकृया नसकिएसम्म लघुवित्तको सेयर कारोबार बन्द हुने छ ।